Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

बन्दुकधारीद्वारा बसमा यात्रा गरिरहेका तेह्र यात्रीको हत्या

काबुल,  दक्षिणी अफगानिस्तानमा मङ्गलबार बन्दुकधारीहरुको एक समूहले अन्धाधुन्ध गोली हानी बसमा यात्रा गरिरहेका कम्तीमा पनि १३ जना यात्रुको हत्या गरेको समाचार छ ।

दक्षिणी अफगानिस्तानको वार्दाक प्रान्तमा बसमा यात्रा गरिरहेका सर्वसाधारणलाई बन्दुधकारीको एक समूहले गोली प्रहार गरी हत्या गरेको समाचारमा जनाइएको छ ।

अधिकारीहरुले अफगानिस्तानमा सर्वसाधारणमाथि हुने गरेको आक्रमणको पछिल्लो शृंखलाका रुपमा यी सर्वसाधारण मारिएका जनाएका छन् ।

प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारीअनुसार बन्दुकधारीको एक समूहले मङ्गलबार बिहान बसमा हमला गरी त्यसमा रहेका यात्रुमध्ये कम्तीमा पनि १३ जनाको ज्यान लिएका हुन् ।

उक्त बस दक्षिणी सहर कान्दाहारतर्फ जादै गरेको थियो । सोही समयमा गुडिरहेको बसलाई अकस्मात रोकी बन्दुकधारीले सो हमला गरेका थिए ।

बन्दुधकारीले एकाएक बसलाई नियन्त्रणमा लिई सो हमला गरेका थिए । उनीहरुले छानीछानी ती यात्रुमाथि गोली बर्साएको समाचारमा जनाइएको छ ।

कान्दाहार प्रान्तको छिमेकी प्रान्त घाज्नीका उपगभर्नर मोहम्मद अलिले बन्दुकधारीले उक्त बसमा रहेका यात्रुलाई छानेर मारेको जानकारी दिएका छन् ।

अधिकारीहरुले उक्त सवारीमा मारिएका नागरिकको पहिचान हुन नसकेको बताएका छन् । सो आक्रमण कसले र किन गरेको हो भन्ने बारेमा पनि केही थाहा हुन नसकेको पनि अधिकारीहरुको भनाई छ ।

साथै त्यस हत्याको जिम्मेवारी पनि कसैले लिएको छैन । प्राय यस्ता अपराधका घटनामा अफगानी तालिवानहरुको हात रहने भएकोले प्रहरीले उनीहरुकै हात रहेको अनुमान गरेको छ ।

तर तालिवानहरुले भने त्यस बारेमा केही बताएका छैनन् । उनीहरुको कुनै प्रतिक्रिया आएको छैन ।

नागरिकहरुमाथि यस्तो हमला प्राय त्यहाँ जातीय द्वन्द्वका कारण हुने गर्दछ । जातीय द्वन्द्वका कारण एकले अर्काे जातीमाथि हमला गरी हत्या गर्ने गर्छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending