Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

कसरी खिइन्छ घुँडाको जोर्नी? थाहा पाउनुहोस बच्ने उपाय

\"kneeकाठमाडौं । आधुनिक जीवनशैलीको नाममा अधिकांश मान्े अल्छी जीवनशैली अपनाइरहेका छन् । अल्छिपनकै कारण विभिन्न रोगको सिकार हुनु परेको छ । अमिल्दो खानपान , व्याम नगर्नु , लामो समयसम्म हिँडाइ र बसाई , मोटोपन, क्याल्सियमको कमीका कारण पुट्ठा वा घुँडाको जोर्नी खिइने गरेको पाइएको छ । नेपालीमा पुट्ठाभन्दा घुाडाको जोर्नी खिइने समस्या बढी छ । किन खिइन्छ जोर्नी ? खिइएको कसरी थाहा पाउने ? सिनियर कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन प्रा.डा. दीर्घराज आरसीले विस्तृतमा बताएका छन् । जोर्नी खिइने कारण १ , उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै हुदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियोअर्थराइटिस भनिन्छ । २ .घुाडा र पुट्ठामा फ्याक्चर भयो या राम्रोसाग जोडिएन भने पछि गएर जोर्नी खिइन्छ र काम नदिने हुन्छ । यसलाई सेकेन्डरी ओस्टियोअर्थराइटिस भनिन्छ । ३.कसैकसैमा जन्मजात जोर्नी बिग्रिएर आउने हुन्छ । केटी मान्छेमा यो समस्या बढी हुन्छ । ३०–४० वर्षपछि हिड्नै नसक्ने हुन्छ । जन्मजात बिग्रिएर आएकालाई भने गाह्रो हुन्छ । यसलाई प्राइमरी कम्प्लेक्समेन्ट भनिन्छ । ४. शरीरको कुनै भित्री कारण सुजन भएर पनि जोर्नी खिइने हुन्छ । यो प्रकारको खियाइलाई इन्फ्लामेन्ट्री आर्थराइटिस भनिन्छ । ५. बाथको कारण पनि जोर्नी बिग्रिने सम्भावना हुन्छ । ६. स्टोराइड औषधिको सेवनका कारण पनि जोर्नी खिइन्छ । ७. कहिलेकाहीा जोर्नीमा हुने विभिन्न संक्रमणहरू (टिबी, घाउ) आदिका कारण पनि जोर्नी खिइन्छ । जोर्नी खिइएको लक्षण जोर्नी खिइएको थाहा पाउन खासै असजिलो छैन । सामान्य मान्छेमा जोर्नीमा दुखाइ हुदैन । जोर्नी खिइएका मानिसमा भने ती स्थानमा दुखाइ हुन्छ । पीडित व्यक्ति पलोटी मारेर बस्न सक्दैन । भुइमा थ्याच्च बस्न पनि सक्दैन । पुट्ठाको जोर्नी खिइएको व्यक्ति दिसा गर्न बस्दा दुखेको महसुस हुन्छ । घुँडाको जोर्नी खिइएको व्यक्ति उकालो–ओरालो गर्दा गाह्रो हुन्छ । दुखाइ कम गर्ने औषधि खाादा एक–दुई घन्टा ठीक हुन्छ, तर पुनस् दुख्न थाल्छ । जोर्नी खिइने चार चरण जोर्नी खिइने पनि चरण हुन्छन् । खियाइ कुन चरणमा पुगेको छ भनेर हाडजोर्नी रोग विशेषज्ञलाई जाँच गराएपछि मात्रै थाहा हुन्छ । यस्ता छन् बच्ने उपाय  पहिलो र दोस्रो चरण पहिलो र दोस्रो चरणको खियाइमा हामी (चिकित्सक) बिरामीलाई औषधि दिने, नियमित एक्सरसाइज गराउने र मोटाइ कम गराउने सुझाब र सल्लाह दिन्छौँ । खियाइ यही चरणमा छ भने बिरामीले तत्काल साधारण एक्सरसाइज गर्ने, पुट्ठा र घुाडालाई असर गर्ने काम नगर्ने पाटोमा सचेत हुनुपर्छ । जस्तै लामो समयसम्म उभिएर काम गर्ने, हेबी लोड उचाल्ने, लामो बाटो हिाड्ने, बढी समय एकै ठाउँमा पलेटी कसेर बस्नेजस्ता काम गर्नुहुदैन । दुई चरणको अवस्थामा यस्तै सल्लाह र केही औषधि सेवन गर्ने सल्लाह दिने हो । यस्तो अवस्थामा फलफूल, भिटामिन डी र प्रोटिनयुक्त खानेकुरा बढी खानुपर्छ । तेस्रो र चौथो चरण जोर्नी खियाइको क्रम तेस्रो या चौथो चरणमा पुगेको छ भने उपचारको प्रक्रियामा फरक ढंगले अगाडि बढ्नुपर्छ । यो चरणमा कुर्कुरे हड्डीले नै काम नगर्ने अवस्थामा पुगिसकेको छ भने जोर्नी नै फेर्नुपर्छ । जोर्नी बदलेपछि भने नियमित औषधि खानुपर्दैन । जोर्नी फेर्नुको फाइदा भनेकै यही हो । फेरेको जोर्नी पुनः खिइयो भने अर्कोपटक पनि बदल्न मिल्छ, तर त्यो बदल्न अलि धेरै समय लाग्छ र खर्च पनि बढी लाग्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending