Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

विप्लवले फेरि गरे नेपाल बन्दको घोषणा

\"biplab काठमाडौैं, २० भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले फेरि नेपाल बन्दको घोषणा गरेको छ । पटक पटक आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गर्दै नेपाल बन्द गर्दै आएको विप्लव माओवादीले दशैंतिहार लगत्तै नेपाल बन्द गर्ने घोषणा गरेको हो । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी कात्तिक २८ गते नेपाल बन्द गर्ने घोषणा गरेको हो । विप्लव माओवादीले आगामी कात्तिक १६ गते तिहार पर्ने भएकाले तिहारपछि नेपाल बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महंगी विरुद्ध घोषणा गरिएको आन्दोलनका कार्यक्रम अन्तर्गत भदौ २२ गते सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने, असोज १० गते देशब्यापी जनप्रदशर्न र कार्तिक २५ गते देशव्यापी एक घण्टा चक्काजाम गर्ने रहेको छ । देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न जटिल बनेको भन्दै उसले नेपाल बन्दको घोषणा गरेको छ । यसअघि माओवादी एकतापछि आफ्नो शक्ति देखाउन नेपाल बन्द गरेको विप्लव माओवादीले पूर्वमा आफ्नो कार्यकर्ता पक्राउ गरिएको विरोधमा तथा सुकुम्बासीमाथि प्रहरीले धरपकड गरेको भन्दै नेपाल बन्द गरेको थियो । अबको बन्द दैनिक उपभोग्य वस्तुमा महंगी भएको भन्दै त्यसको विरोधमा गरिएको जनाएको छ । सरकार र दलाल पुँजीवादीहरुको मिलोमतोमा देशमा जनताको जीवनलाई धरापमा पार्नेगरी मुल्यबृद्धि गरेकोले विरोधमा उत्रिनुपर्ने विप्लवका स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: