Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

उज्बेकिस्तानका राष्ट्रपतिको निधन

\"islam-karimov\" उज्वेकिस्तान, १८ भदौ । उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा गत शुक्रबार राति निधन भएको छ । गत अगष्ट २७ का दिन राष्ट्रपति इस्लामलाई हृदयाघात भएपछि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको निधन भएको उज्बेकिस्तानको सरकारी स्रोतले पुष्टि गरेको छ । उज्बेकिस्तानको एउटा प्राचीन नगर समरकाण्दमा सन् १९३८ को जनवरी ३० का दिन जन्मेका इस्लामले युवावस्थामा तास्कन्दकै सेन्ट्रल एसियन पोलिटेक्निक एण्ड दि तास्कन्द इन्स्टिच्युट अफ नेशनल इकोनोमिमा मेकानिकल ईन्जिनियरिंग र अर्थशास्त्र बिषयमा स्नातक उपाधि हासिल गरेका थिए। अध्ययन पश्चात् उनले विमान उत्पादन गर्ने एउटा कम्पनी समूहमा मेकानिकल ईन्जिनियरको पदमा केही वर्षसम्म काम गरे। राजनीतिप्रति झुकाव रहेका कारण सन् १९६६ मा इन्जिनियरको जागिर छाडी तत्कालिन सोभियत संघको कम्युनिस्ट पार्टीमा आवद्ध भै निरन्तर लाग्दालाग्दै राज्यस्तरको उच्च नेताको तहसम्म पुगी आफ्नो राजनीतिक चरित्र निर्माण गरे। राजनीतिक चरित्र निर्माणकै क्रममा सन् १९८९ को जुन महिनामा पछि उनले उज्बेकिस्तान कम्युनिस्ट पार्टी केन्द्रिय समितिको प्रथम सचिबको दायित्व वहन गरेको एक वर्षभन्दा कम समयावधि १९९० मार्च २४ मा उनी उज्बेक सोभियत सोसलिस्ट रिपब्लिकको राष्ट्रपति पदमा निर्वाचित भए। तत्कालिन सोभियत संघ अन्तर्गत रहेको देशको सर्वोच्च नेताको हैसियतमा उनले सन् १९९१ अगस्ट ३१ का दिन उज्बेकिस्तान एक स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र भएको घोषणा गरे तथा उज्बेकिस्तान पिपुल्स डेमोक्र्याटिक पार्टीको स्थापना गरी त्यसको सर्वोच्च नेतामा चयन पनि भए। सोही वर्ष सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उनी स्वतन्त्र उज्बेकिस्तानको प्रथम राष्ट्रपति पदमा निर्वाचित भए। सन् १९८९ को मध्यतिर तत्कालिन सोभियत संघ टुक्रिएपछि उज्बेकिस्तान कम्युनिस्ट पार्टीले सोभियत संघ आबद्ध राजनीतिक सम्बन्ध समाप्त भएको घोषणा गरेको थियो । उज्बेकिस्तानको संबिधान अनुसार यस्तो अवस्थामा तीन महिना भित्र राष्ट्रपतीय निर्वाचन सम्पन्न गर्नु पर्नेछ । नयाँ राष्ट्रपतिको चयन नभएसम्मका लागि राष्ट्रपतिले सम्हाल्दै आएका अभिभारा सर्वोच्च राज्यसभाका प्रमुख सिनेट निग्मातुल्लाह युल्दासेभले अस्थायी रुपमा वहन गर्नेछन्। (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending