Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

नाडा मार्फत सुजुकीको भिटारा ब्रेजा सार्वजनिक

\"car\"काठमाडौं, १४ भदौ । सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रुपमा अत्यधिक चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना भइरहेको नाडा अटो शो–२०१६ मार्फत कम्पनीले भिटार ब्रेजा सार्वजनिक गरेको हो । नाडा मार्फत सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजालाई कम्पनीले ६ भिन्न भ्यारिण्ट उपलब्ध गराएको छ । कम्पनीले नाडा अवधिभर ब्रेजाको लिमिटेड अप्सनपनि उपलब्ध गराएको जानकारी दिएको छ । लिमिटेड अप्सनमा कम्पनीले स्पोर्ट्स र ग्ल्यामर एडिशन उपलब्ध गराएको हो । कम्पनीका अनुसार विशेष एडिशनका यी कारको बुकिङ भने नाडा अवधिभर कम्पनीको स्टल नं ‘ए स्टार वान’ मार्फत मात्र गर्न सकिनेछ । सार्वजनकि गरिएको नयाँ भिटारा ब्रेजाकोे शुरुवाती मुल्य रू. ३५ लाख ९९ हजार तोकिएको छ । सीजी नेक्स्ट जेन नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता हो । कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किम सहित भित्र्यएका छ । कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० ईञ्जिन जडान गरिएको छ । डीडीआईएस २०० डिजल ईञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किट सहितको यस कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विल आर्कको प्रयोग गरिएको छ । गतिशिलताको अनुभव दिन यसमा फ्लोटिङ रुफ डिजाइनको पनि प्रयोग गरिएको छ । यी लगायत अन्य आकर्षक डिजाइन फिचर्सले कारलाई पृथक तथा आकर्षक लुक प्रदान गर्न उल्लेख्य सहयोग गरेको छ । कारमा आन्तरिक सजावतका लागि पीयानो फिनिस सहित स्पोर्टी सिटको प्रयोग गरिएको छ । यात्रामा आरामदायी अनुभवका लागि कारमा यस सेग्मेण्ट अन्तर्गतकै ठूलो क्याविन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । कारमा चालक तथा यात्रुको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । यसका लागि कारमा कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीईसीटी प्रणाली जडान गरिएको छ । साथै, एयर ब्याग ९कतबलमबचम बअचयकक बिि खबचष्बलत०, एबीएस तथा प्रि टेन्सनर र फोर्स लिमिटर सहितकोे छ । कम्पनीले कारमा बेष्ट इन क्लास फिचर्सका रुपमा एप्पल कार प्ले सहितको स्मार्ट प्ले ईन्फोटेनमेण्ट प्रणाली, क्रुज कन्ट्रोल, एण्टि पिन्च गार्ड पावर विण्डो लगायत फिचर्सहरु रहेका छन् । कारमा किलेस एण्ट्रि, स्टेरिङ माउण्टेड कन्ट्रोल, ब्लू टूथ, भ्वाइस कमाण्ड, ईञ्जिन स्टार्ट स्टप बटन, क्यामेरा सहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधापनि उपलब्ध रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending