Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

विद्यालयलाई शैक्षिक सामग्री प्रदान

पाँचथर, २ भदौ । पाँचथर सुभाङका एक परिवारले स्थानीय सरस्वती माध्यमिक विद्यालयलाई डेढ लाख रुपैयाँभन्दा बढीको शैक्षिक सामग्री प्रदान गरेको छ । उनीहरुले आफ्ना दिवङ्गत बाबुआमाको स्मृतिमा विद्यालयलाई सहयोग प्रदान गरेका हुन् । सुभाङ गाविसका सामाजिक अगुवा स्व बजीन्द्र सुहाङ र उनकी श्रीमती स्व तुलसा लक्सम सुहाङको स्मृतिमा सो सहयोग प्रदान गरिएको हो । सुहाङ दम्पतीका छोरा प्रेम र विक्रम तथा छोरीहरु कुमारी र शान्ति सुहाङले एक लाख ५९ हजार ६०० रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरेका हुन । शैक्षिक उन्नयनका लागि दुई थान डेक्सटप कम्प्युटर, ६ थान बालमैत्री फर्निचर र विद्यालय प्रवेशद्वारका लागि सामग्री प्रदान गरेको सुहाङ परिवारले जनाएको छ । उक्त विद्यालय व्यवस्थापन समितिको पूर्वअध्यक्षसमेत रहेकाका बजीन्द्र र उनकी श्रीमतीको केही दिनअघि नौ दिनको फरकमा निधन भएको थियो । विश्रामालय निर्माण यसैबीच, ऐतिहासिक तथा पर्यटकीयस्थल पाँचथरको लब्रेकुटीमा १४ लाख लागतमा विश्रामालय निर्माण भएको छ । लब्रेकुटी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विश्रामालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सुवास तुम्बापोले बताए । मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समिति, इलामको रु १० लाख सहयोग र स्थानीयवासीको जनश्रमदान गरी कुल १४ लाख लागतमा विश्रामालय निर्माण भएको हो । लब्रेकुटीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अष्ठकोण आकारको विश्रामालय निर्माण गरिएको साझेदारी संस्था लिम्बू भाषा विकास संस्था ९लिल्डा० पाँचथरका अध्यक्ष दिलेन्द्र कुरुम्बाङले बताउए । १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको कर्मभूमिको रुपमा चर्चित पर्यटकीय तथा ऐतिहासिकस्थल लब्रेकुटीमा निर्माण गरिएको उक्त विश्रामालयको रेखदेख भने लब्रेकुटी मन्दिर संरक्षण, संवद्र्धन तथा व्यवस्थापन समितिले गर्ने उपभोक्ता समितिका अध्यक्ष तुम्बापोले जानकारी दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: