Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

उपप्रधानमन्त्रीहरु एकै पटक चीन र भारत जानु होडबाजी जस्तोः कांग्रेस नेता खड्का

\"narayanभक्तपुर, ३२ साउन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सहरी बिकास मन्त्री डा. नारायण खड्काले भारत र चीनका लागि दुई उपप्रधानमन्त्री निम्तोको लागि जानु होडबाजी जस्तो भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले भारतका राष्ट्रपतिलाई निम्तो दिन काँग्रेसका उपप्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई निम्तो दिन माओवादीका उपप्रधानमन्त्री जानु होडबाजी भएको भन्दै सरकारले परराष्ट्रमन्त्री नियुक्ति गरी कुटनीतिक तवरले निमन्त्रणा गरेको भए उपयक्त हुने बताएका थिए । यसरी दुई राजनीतिक दलका प्रतिनिधि र उपप्रधानमन्त्री निम्तोको लागि एकै समयमा जानुले सकारात्मक सन्देश नजाने समेत उनले बताए । कांग्रेसको भातृसंगठनको निर्वाचनको कारण मन्त्रीमण्डल विस्तार ढिलाई भएको भन्दै उनले लामो समयसम्म उक्त संगठनको निर्वाचन नभएकाले बिभिन्न खालका समस्या रहेको र त्यसलाई मिलाउन समेत नेतृत्वको आवश्यकता भएकाले नेतृत्वको समय निर्वाचनमा केन्द्रित भएकाले मन्त्रीमण्डलले पूर्णता पाउन नसकेको भन्दै उनले बिहीबार भित्र मन्त्रीमण्डलले पूर्णता पाउने ठोकुवा गरे । काँग्रेस पार्टीमा लामो समयदेखि भागबण्डाको राजनीति चलिरहेको सबैका सामू स्पष्ट भएको भन्दै वर्तमान समयमा पनि रामचन्द्र पौडेललाई सहयोग गर्नेहरुलाई समेत समेटर जानु पर्ने भएकाले प्रतिशतको कित्ता देखा परेको उहाँको भनाइ छ । यसरी सबैलाई मिलाएर जानु पर्ने भएकाले समेत नेतृत्वमा समस्या देखिएको र छिट्टै सबै बिषयलाई मिलाउन नेतृत्व लागि परेकाले समस्या समाधान हुने भन्दै उनले नेपाली काँग्रेसभित्र प्रजातन्त्रको सौन्दर्यता देखिएको बताए । वर्तमान समयमा संबिधान कार्यान्वयन सबैको आवश्यकता भएको र एमालेलाई समेत समेटेर अघि बढ्दा देशले छिटो निकास पाउने भन्दै उनले यदि एमाले प्रतिपक्षमा बसेता पनि संबिधान कार्यान्वयनको पाटोमा एमालेले सहज भुमिका खेल्ने बिश्वास ब्यक्त गरे । उनले ०६२÷६३ को आन्दोलनपछि निर्माण भएका धेरै सरकारको नेतृत्वसमेत एमालेले गरिसकेको र वर्तमान समयमा प्रतिपक्षमा बस्दा कुनै समस्या नहुने र संबिधान कार्यान्वयनमा कुनै असर पार्ने भूमिका एमालेले नखेल्ने भन्दै उनले प्रतिपक्षमा बसेको पार्टीले जतिखेर पनि प्रधानमन्त्री बन्न सक्ने बताए । मधेशका जायज मागको सम्बोधन गर्न नसके यसले भोलीका दिनमा समेत मधेशको नेतृत्व बिलिन भएता पनि समस्या झनै बढाउने भन्दै जायज मागहरुको सम्बोधन गरेर समस्या समाधान गर्नु पर्नेमा जोड दिए । यदि मधेशको माग सम्बोधन नगरि निर्वाचनतर्फ अग्रसर भए त्यो बिफल हुने र बिकाशको गतिलाई बिनासतर्फ धकेल्ने उनको भनाई छ । भुकम्पपिडितका सवालमा काँग्रेस बिगत देखिनै लागि परेको भन्दै उनले नयाँ सरकारको गठनसँगै कांग्रेसका सभापतिले पिडितलाई जतिसक्दो छिटो राहत उपलब्ध गराउने दबाब दिइरहेको र यसैको परिणाम पहिलो किस्ताबापत रकम समेत बितरण भइरहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: