Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बुबाले आमाको हत्या गरेपछि तीन छोराछोरीे बिचल्लीमा

\"kill\" बैतडी, ३१ साउन । घरायसी विवादमा बुबाले आमाकोे हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरीे बिचल्लीमा परेका छन् । बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरेका हुन भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए । आइतबार दिउँसो श्रीमान्श्रीमतीबीच एकापसमा सामान्य विवाद हुँदा कमलले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । श्रीमतीलाई बन्चरोको प्रहार र लौरोले हिर्काएर हत्या गरेको र श्रीमान्ले घरभित्र झुन्डिएर आत्महत्या गरेका हुन् । भारतमा रोजगारी गर्दै आइरहेका कमल २५ दिन अगाडि मात्रै घर फर्केका थिए । घटनाको विषयमा अनुसन्धान गर्न गएका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने “कमल साइको रहेछन् भन्ने बुझिएको छ, सामान्य विवादपछि रिसको झोकमा श्रीमतीको हत्या गरी आत्महत्या गरेको भन्ने पारिवारिक स्रोतको भनाइ रहेको छ ।” श्रीमान् भारतमा मजदुरी गर्न गएको बेला घरमा रहेकी श्रीमतीमाथि अरु केही शङ्का गरेर पनि हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । कमल र बिन्दुको मृत्युपश्चात् तीन छोराछोरीको बिचल्ली भएको छ । चार वर्षमुनिका एक छोरी र दुई छोरा रहेका छन् । छोराछोरी र आमाबुबाको रुवाबासी चलेको छ । मृतक दुवैको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र आज परीक्षणपश्चात् थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: