Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

आइतबार माओवादीका पाँच मन्त्रीको सपथ

\"PM-Prachanda\" काठमाडौं, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको तर्फबाट पाँच मन्त्री थप्दै आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । गत साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएपछि प्रचण्डले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नेकपा माओवादी केन्द्रबाट ८ मन्त्रालय पाउने सहमति अनुसार यसअघि ३ मन्त्रीको मात्रै सपथ गराइएको छ । माओवादीबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, कृषिमन्त्री गौरिशंकर चौधरी र युवा तथा खेलकूद मन्त्रीमा दलजित श्रीपाइलीले सपथ लिएका थिए । दोस्रो पटक राप्रपा र नेकपा (संयुक्त)बाट मन्त्रीपरिषद् विस्तार गरिएको थियो । आफ्नो पार्टीको तर्फबाट थप पाँच मन्त्रीको टुंगो लागेपछि आइतबार सपथ गराउनेबारे प्रधानमन्त्री प्रचण्डले शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ । प्रचण्डले यसअघि नै आफ्नो पार्टीबाट पाँच मन्त्रीको टुंगो लगाए पनि पार्टी हेडक्वाटर टिमले अनुमोदन नगरेपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । मन्त्री चयनमा अपजस आउने देखिएपछि हेडक्वाटर सदस्यले त्यसको जिम्मा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई नै दिएका थिए । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले समानुपातिक, समावेशी सन्तुलन मिलाएर मन्त्री छनोट गर्न आग्रह गर्दै छनोटको सर्बाधिकार प्रचण्डमै सुम्पिएको थियो । प्रचण्डले आइतबार आफ्नो पार्टीको तर्फबाट पाएको ऊर्जा, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा, सूचना तथा सञ्चारलगायत मन्त्रीको सपथ गराउने स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: