Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

आइतबार माओवादीका पाँच मन्त्रीको सपथ

\"PM-Prachanda\" काठमाडौं, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको तर्फबाट पाँच मन्त्री थप्दै आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । गत साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएपछि प्रचण्डले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नेकपा माओवादी केन्द्रबाट ८ मन्त्रालय पाउने सहमति अनुसार यसअघि ३ मन्त्रीको मात्रै सपथ गराइएको छ । माओवादीबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, कृषिमन्त्री गौरिशंकर चौधरी र युवा तथा खेलकूद मन्त्रीमा दलजित श्रीपाइलीले सपथ लिएका थिए । दोस्रो पटक राप्रपा र नेकपा (संयुक्त)बाट मन्त्रीपरिषद् विस्तार गरिएको थियो । आफ्नो पार्टीको तर्फबाट थप पाँच मन्त्रीको टुंगो लागेपछि आइतबार सपथ गराउनेबारे प्रधानमन्त्री प्रचण्डले शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ । प्रचण्डले यसअघि नै आफ्नो पार्टीबाट पाँच मन्त्रीको टुंगो लगाए पनि पार्टी हेडक्वाटर टिमले अनुमोदन नगरेपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । मन्त्री चयनमा अपजस आउने देखिएपछि हेडक्वाटर सदस्यले त्यसको जिम्मा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई नै दिएका थिए । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले समानुपातिक, समावेशी सन्तुलन मिलाएर मन्त्री छनोट गर्न आग्रह गर्दै छनोटको सर्बाधिकार प्रचण्डमै सुम्पिएको थियो । प्रचण्डले आइतबार आफ्नो पार्टीको तर्फबाट पाएको ऊर्जा, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा, सूचना तथा सञ्चारलगायत मन्त्रीको सपथ गराउने स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending