Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बाबुराम भन्छन्– डेरा खोज्दा अपमानित भएँ, ट्वीटेले दिए यस्ता सुझाव

\"Baburam-Bhattarai\"

काठमाडौं, २९ साउन । नेपालको पूर्वप्रधानमन्त्री र राजनीतिक दलका शीर्ष नेताले काठमाडौंमा उपत्यकामा डेरा नपाएको भनेर पत्याउनु हुन्छ ? त्यतिमात्रै होइन, डेरा खोज्दा घर धनिहरुबाट अपमानित भएको पत्याउनु हुन्छ ? पत्याउनै पर्छ किनकी ति पूर्वप्रधानमन्त्री स्वयमले मैले डेरा पाएको छैन, डेरा खोज्दा अपमानित भएँ भनेर आफै भनेपछि पत्याउनै पर्यो नि हैन र ?

कुरा के हो भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हाल बस्दै आएको सानेपास्थित निवासबाट डेरा सर्न खोज्दै छन् । तर, उनले भनेजस्तो डेरा पाएका छैनन् । डेरा खोज्दा खोज्दा हैरान भएपछि उनले ट्वीटरमार्फत् आफूले पाएको सास्ती सार्बजनिक गरेका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘काठमाण्डौमा केही हप्तादेखि डेरा खोज्दा बेहोर्नुपरेको सास्ती र अपमान देख्दा गम्दैछु विद्यार्थी, मजदूर, निम्न कर्मचारी र झन् दलितको के हालत होला ?’

काठमाण्डौमा केही हप्तादेखि डेरा खोज्दा वेहोर्नुपरेको सास्ती/अपमान देख्दा गम्दैछु विद्यार्थी/मजदूर/निम्न कर्मचारी र झन् दलितको के हालत होला?

— Baburam Bhattarai (@brb1954) August 13, 2016

लामो समयसम्म माओवादीमा लागेर जीबनको उत्तरार्धतिर पार्टी परित्याग गरेर हालै नयाँ शक्ति नेपाल नामक पार्टी खोलेपछि डा. भट्टराईको राजनीतिक उचाइ घटेको कतिपयले आंकलन गरेका छन् । तर, उनले यसैका कारण डेरा नपाएको भनेर निष्कर्ष निकाल्न भने हतार हुनेछ । किनकी पूर्वप्रधानमन्त्री बनिसकेका डा. भट्टराईलाई जस्तो तस्तो डेराले पनि त भएन नि होइन र ? सुविधा, सुरक्षा लगायत सबै कुराको ख्याल पनि त गर्नुपर्यो । फेरि उनी अलि सुविधाभोगी पनि छन् । यी सबै कुरा बिचार गरेर उपयुक्त डेराको खोजीमा छन् उनी र उनका सहयोगीहरु । \"Baburam-Tweet\" उनको ट्वीटरबाट स्पष्ट के बुझ्न सकिन्छ भने म दलित, निम्न कर्मचारी, मजदुर र विद्यार्थी भन्दा त बरिष्ठ हुँ । उनले आफू र अन्यबीचको असमानताको रेखा आफै कोरेका छन् । त्यसैले पूर्वप्रधानमन्त्री र एउटा राजनीतिक दलको शीर्ष नेतालाई लरतरो नसम्झेर सम्मानका साथ डेरा दिनुपर्दथ्यो । तर, नपाएपछि सामाजिक सञ्जालमा कुण्ठा पोख्नु बाहेक अरु विकल्प देखेनन् सायद उनले । बाबुराम जत्तिको वरिष्ठले डेरा नपाउनुको कारणबारे अनेकौं अड्कलबाजी भइरहेको छ । उनको ट्वीटरमा बिभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । दुलाल जी ट्वीटर ह्याण्डलबाट लेखिएको छ, ‘अर्काको घरमा डोजर लगाएपछि यस्तै हो ।’ दुलाल जीको भनाइसँग मिल्दोजुल्दो प्रतिक्रिया पत्रकार मुक्तिबाबु रेग्मीले पनि लेखेका छन् आफ्नो फेसबुकमा । रेग्मीको फेसबुक स्टाटस यस्तो छ, ‘ट्वीटरमा हेरेको नयाँ पार्टीका संयोजक सानेपाबाट डेरा सर्न खोजेका रहिछन् हैन काठमाडौका घरबेटी हो किन भट्टराईलाई भाडा नदिएका होलान, के बाटो चौडा पारेको रिस बाँकी छ र हो ।’ डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यकाका साँघुरा सडक फराकिलो पारिएको थियो । त्यतिमात्रै होइन, वागमती नदी किनारका सुकुम्बासी बस्तीमा पनि डोजर लगाए बाबुरामले । उनका यी कामबाट उठिबास लाग्नेहरु रिसाउने नै भए । सायद त्यसैले हो कि बाबुरामको ट्वीटरमा हे भगवान भन्ने ह्याडलबाट चोटिलो प्रतिक्रिया पोष्ट भएको छ । त्यसमा लेखिएको छ, ‘आतंककारिलार्इ कसले कोठा देओस् ? जनताले हजुरलार्इ पत्याउदैनन् के । खुरुक्क कार्यकर्ताको घरमा बस्नु सजिलो हुन्छ ।’ अशान्त आत्माको ट्वीटर ह्याण्डलबाट लेखिएको छ, ‘आफ्नै घरमा बस्दा नि हुन्छ नि, किन डेरामा बस्नु पुर्वप्रम ज्यु ? कति शोषित जनताको नाउमा राजनिती गर्छौ ? यस्तै आवारा ट्वीटर ह्याण्डलबाट लेखिएको छ, ‘हजुरलार्इ नचिन्ने को होला र काका ? आनन्दले बाँच्ने रहर कसलाई नहुँदो हो। जानीजानि सर्प पाल्न ईच्छुक कुन मूर्ख बस्याहोला राजधानीमा । युरावज अधिकारीले लेखेका छन्, ‘तपाईंप्रतिको जनताको बितृष्णा बढ्दै गाको हो भनी बुझ्नुपर्यो डा. साब, हिजोका युद्धकालिन इतिहासले लखेट्न छोड्दैन।’

@brb1954 तपाईंप्रतिको जनताको बितृष्णा बढ्दै गाको हो भनी बुझ्नुपर्यो डा.साब? हिजोका युद्धकालिन इतिहासले लखेट्न छोड्दैन। @NEPALPOLiCY2016 — यु रा व ज अ धि का री (@adhikari_you) August 13, 2016

सन्तोष बरालले बाबुरामलाई घर बनाउन सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘घर बनाउनु सर, काठमाडौंमा सबै नेताको घर छ । किन नेपालीलाई भ्रमित गर्नु परो।’

विष्णुले लेखेका छन्, ‘आउ बुढा छाउनि तिर, एक्लै बस्या छु। रुम सेयर गरेर बसुम्ला ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: