Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

निधी भन्छन् -छिमेकी देशको भ्रमण सम्बन्ध सुमधुर बनाउन हो

\"Bimalendra-Nidhi\"काठमाडौँ, २९ साउन । उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले निकट भविष्यमा हुने भारत र चीन भ्रमण दुई छिमेकी देशबीचको सम्बन्धलाई अझ सुमधुर गर्नका लागि केन्द्रित हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भ्रमणका समयमा भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिइने उल्लेख गरे । दुई छिमिकी देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका उपप्रधानमन्त्रीद्वय निधिलाई भारत र कृष्णबहादुर महरालाई चीनको भ्रमणमा पठाउँदै छन् । उपप्रधानमन्त्री विमलेन्द्र निधिले भने, – “राष्ट्रिय कार्यदिशामा छिमिकीको समर्थन भएमा अन्य टाढाका मित्र राष्ट्रको पनि समर्थन सजिलो गरी प्राप्त हुने भएकाले त्यसका लागि भारत–चीनको भ्रमण गर्न लागिएको छ ।” एक साताभित्र हुने भ्रमणको अवसरमा नेपालका राष्ट्रपतिको स्थगित भएको भारत भ्रमणलाई सम्भव बनाउनुका साथै प्रधानमन्त्रीको भ्रमणको वातावरण मिलाइने जानकारी दिए । उनले वर्तमान सरकार संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन, मधेसका समस्यालगायतका विषयमा काम गर्न बनेको उनको तर्क थियो । नेकपा (माओवादी केन्द्र)सँग भएको सातबुँदे र मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति संविधानलाई कार्यान्वयन गर्न भएको उनको भनाइ थियो । सो अवसरमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रमेश लेखकले लोकतन्त्र, सङ्घीयता र गणतन्त्रको तीन स्तम्भमा संविधान उभिएकाले यीमध्ये कुनै एक कमजोर भएमा संविधान कमजोर बन्ने बताए । वर्तमान सरकार विशिष्ट अवस्था भएको उल्लेख गर्दै कुनै पनि सरकारलाई विस्थापित गर्ने उद्देश्यले यो सरकार नबनेको उनले भनाइ थियो । उनले भने, – “संविधानको कार्यान्वयन, मधेसका समस्या समाधान, भूकम्पपीडितलाई राहत दिनेलगायतका राष्ट्रिय एजेन्डा पूरा गर्नका लागि काँग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार बनेको हो । ’’ उनले नेपालको सञ्चार जगत् पहिलोभन्दा विस्तारित र परिष्कृत हुँदै आएको भन्दै पछिल्लो २० वर्षमा सञ्चारले निकै फड्को मारेको बताए । नेपालमा आएको आमूल परिवर्तनमा नेपाली सञ्चार जगत्ले खेलेको भूमिका ऐतिहासिक भएको उनले बताए । लोकतन्त्रका कारण सञ्चारले उन्नति गरेको र सञ्चारका कारण लोकतन्त्रमाथि घात हुनबाट जोगिएको मन्त्री लेखकको विचार थियो । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सञ्चार र सञ्चारकर्मीमाथि हुने दुव्र्यवहार रोक्न सरकारले कदम चाल्नुपर्ने बताए । उनले अघिल्ला सरकारले ल्याएको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका र पत्रकारका लागि लाइसेन्ससम्बन्धी विषयमा बिनाछलफल ल्याएकाले त्यसमा पुनर्विचार परिनुपर्ने माग राखे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: