Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

कतारमा अब विदेशी कामदारलाई ठूलाे राहत, खुल्ला रुपमा आवतजावत गर्न पाउने

\"kafala काठमाडौं, २८ साउन । कतार सरकारले विदेशी कामदारका लागि लगाउँदै आएको काफला अर्थात स्पोन्सरशीप प्रणाली खारेज गरेको छ । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको दोस्रो गन्तव्य मानिे कतारले परम्परागत काफला प्रणाली खारेज गर्ने निर्णय गरेको हो । विदेशबाट कामदार मगाउँदा काफला अन्तर्गत मालिकले स्पोन्सर गर्ने चलन कतार लगायतका खाडी राष्ट्रमा छ । यसरी कतार पुगेका कामदारको पासपोर्ट खोस्ने र बन्धक बनाउने प्रचलनले गर्दा विदेशी कामदारहरुले दासका रुपमा काम गर्नुपर्ने अवस्था छ । आगामी डिसेम्बर १३ तारिखदेखि लागू हुने गरी यो प्राणाली खारेज गरेको कतारी मिडियाहरुले जनाएका छन् । काफला अर्थात स्पोन्सरशीप प्रणाली मालिकबाट कामदारमाथि हुने शोषण र यौन दूराचार समेतलाई प्रश्रय दिएको भन्दै आलोचित थियो । यो प्रणाली खारेज भएसँगै कतारमा घरेलु कामदारमा जाने कामदारलाई बढी राहत हुनेछ । कामदारले करार सम्झौता पत्रका आधारमा रोजगारी गर्न पाउने छन् भने रोजगारदाता कम्पनीले नो अब्जेक्सन प्रमाणपत्र दिनुपर्ने नियम हटाइएको छ । योसँगै अब कतारमा कामदारले खुल्ला रुपमा आवतजावत गर्न पाउनेछन् । इन्टरनेसनल कन्फेडेरेसन अफ ट्रेड युनियनले काफला प्रणाली हटाउन कतारलाई दवाव दिदै आएको थियो । आगामी सन् २०२२ मा विश्वकप फुटवलको आयोजना गर्ने जिम्मा पाएको कतारले श्रम कानुन श्रमिक मैत्री नबनाइए दोहामा हुने विश्वकप फुटबल हुन नदिने समेत मजदुर युनियनले बताउदै आएको थियो । कतार सरकारले काफला प्रणाली अन्त्यसँगै अब सरकारीतहबाटै स्पोन्सरशीप हुने र कामदारलाई अन्तर्राष्ट्रिय श्रम कानुन अनुसारको व्यवहार गर्ने जनाएको छ । यो प्रणाली खारेज भएपछि कामदारले आफू शोषण भएको ठानेमा कामदारले विकल्प समेत खोज्न पाउनेछन् । काफला प्रणलीका कारण घरेलु कामदार निकै पिडित बनेका थिए । उनीहरुले यौन हिंसा पनि सहनुपर्ने स्थिति थियो । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending