Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

धुर्मुस–सुन्तलीको एकीकृत बस्ती निर्माणमा नेपाली सेना खटियो

\"army काठमाडौं, २२ साउन । सिन्धुपाल्चोकको मेलम्ची ८, गिरान्चौरमा एकिकृत बस्ती निर्माण गरिरहेका धुर्मुस सुन्तलीलाई सघाउन नेपाली सेना खटिएको छ । भूकम्पपीडितका लागि धुर्मुस–योगदानको उच्च मूल्यांकन गर्दै नेपाली सेनाले श्रमदान गरी सघाउने भएको हो । बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनले अपील गरेपछि सैनिक हेडक्वाटरको निर्देशन अनुसार मेलम्ची सत्रुभञ्जन गुल्मबाट २६ जनाको टोली गिरान्चौर पुगेको छ । \"Dhurmus उपसेनानी नेतृत्वको तालिमप्राप्त सेनाको टोलीले एकिकृत बस्तीमा निर्माण गरिने सामुदायिक भवन तथा ६ वटा घर बनाउन श्रमदान गर्नेछ । नेपाली सेनाले सिन्धुपाल्चोकको भोटेनाम्लाङ, भोटेचौर, तौथली र भीमटारमा भूकम्प पीडितका लागि घर बनाएर हस्तान्तरण गरिसकेको छ । गिरान्चौर एकिकृत बस्ती निर्माण कार्य उदाहरणीय भएको भन्दै सैनिक श्रीमती संघले आर्थिक सहयोग गरेका कारण पनि श्रमदान गर्न सैनिकको टोली पठाइएको सत्रुभञ्जन गुल्म मेलम्चीका सेनानी श्याम गोतामेले जानकारी दिएका छन् । बस्ती निर्माणका लागि सैनिक श्रीमति संघले १४ लाख रुपैँया आर्थिक सहयोग गरेका थियो । \"Dhurmus दशैँअघि नै बस्ती हस्तान्तरण गर्नका लागि जनशक्तिको आवश्यकता परेको खण्डमा थप सहयोग गर्न सेना तयार रहेको उनले बताएका छन् । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले पहिलो बस्ती निर्माणको समयमा सेनाले ठूलो सहयोग पुर्याएको स्मरण गर्दै अहिले प्राप्त सहयोगले समयमै बस्ती हस्तान्तरण गर्न आँट बढेको प्रतिक्रिया दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending