Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सरकारको असहयोग पछि जनताकोमा आएको छुः महाबीर पून

\"mahabirभक्तपुर, २० श्रावण । समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द«को निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पुनले नेपालीको आर्थिक बिकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सुचारु गर्ने काममा हरेक सरकारको आश्वासन रहेता पनि काम हुन नसकेपछि नेपाली माझ केन्द्र निर्माणका लागि आफू प्रस्तुत भएको बताएका हुन । नेपालको बिज्ञान क्षेत्रका लागि नास्टमा कर्मचारीलाई तलब खुवाउने बजेट बाहेक केहि नभएको भन्दै बिज्ञान मन्त्रालयमा जाने मन्त्री केबल मन्त्रीको उपमा लिन मात्र जाने र यसले नेपालको बिज्ञान क्षेत्रमा कुनै परिवर्तन गर्न नसक्ने उनको टिप्पणी छ । पुनले नेपाल सरकारको आश्वासनले मात्र केही हुन नसक्ने भए पछि आफू र साथी मिलेर पोखरामा किनेको २८ रोपनी जग्गा आविष्कार केन्द्रलाई उपलब्ध गराएको समेत उनले बताए । राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि सरकारसँग १० मेगावाटको माग गरेको र त्यसले केन्द्र सञ्चालनमा सहयोग पुग्ने भन्दै उनले अबको संसार भनेको उत्पादन मुखि भएकाले नेपालमा कुनै पनि बस्तुको निर्यात गर्न नसक्नु दुखद् पक्ष भएकाले समेत सम्भावित उत्पादनको खोजी गरि निर्यात गरेर देशलाई आर्थिक सवालता तर्फ लानु पर्नेमा जोड दिए । पुनले नेपालमा भएका सम्भावनाहरुको खोजी गरेर त्यसलाई बजार सम्म ल्याउन केन्द्रले सहयोगी भूमिका खेल्नुका साथै केन्द्रमा पढेलेखेकाले मात्र नभएर ज्ञान र शिप भएकाहरुले नेपालको लागि योगदान दिन सक्ने बताए । उनले केन्द्र निमार्णको अभियानमा नेपाल सरकारका बिभिन्न ब्यक्तिहरुले आश्वासन मात्र दिएको भन्दै नेपालीहरुको सहायोग र हौसलाका कारण अब केन्द्र निमार्णको काम अगाडि बढ्ने बताए । नेपालमा भएका बिभिन्न स्रोत साधनको पहिचान र तिनको उत्पादनलाई बजार सम्म ल्याउनको लागि सबै भन्दा पहिला बुद्धिको आवश्यकता भएकाले समेत अबको ब्यवसाय खोजका साथै बुद्धिमूखी हुने पर्ने उनको भनाई छ । नेपाली दक्ष जनशक्ति रहरले नभएर करले बिदेशिन बाध्य भएको भन्दै नेपालमै राम्रो आम्दानी गर्न सक्ने वातावरणको श्रृजना गर्न सकिने भएता पनि सरकारको ध्यान यता तर्फ जान नसक्दा नेपाली कामदार बिदेशिनु परेको उनले बताए । आविष्कार केन्द्रको निर्माणका लागि पछिल्लो समय देश बिदेशबाट सहयोग जारी रहेको भन्दै उनले भने नेपालीले राष्ट्रिय आविष्कार केन्द्रका बारे जानकरी नहोला भनि सरकारकै भर पर्नु आफ्नो गलत सोच रहेको पछिल्लो समयमा स्कुले बिद्यार्थी देखि सबैको सहयोगले प्रष्टाएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending