Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच सहमतिको प्रयास असफल

\"madhesi-morcha\"

काठमाडौं, १८ साउन । प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच लिखित सहमति गर्ने प्रयास असफल भएको छ । सहमतिको प्रयास असफल भएपछि बुधबार हुने प्रधानमन्त्री निर्वाचनमा मोर्चाले माओवादी अध्यक्ष प्रचण्डलाई मत दिने कि नदिने भन्ने अन्यौल बढेको छ ।

कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरुले मंगलबार दिनभर मोर्चाका नेतासँग छलफल गरेका थिए ।

तीन दलीय कार्यदलले तयार पारेको तीन बुँदे सहमतिको मस्यौदामा मंगलबार नै हस्ताक्षर गर्ने र बुधबार हुने प्रधानमन्त्री निर्वाचनमा मोर्चाले प्रचण्डलाई मत दिने तयारी गरिएको थियो । तर, सहमति पत्रमा हस्ताक्षर नभएपछि बुधबार बिहान पुनः सहमतिको प्रयास गर्ने सहमतिसहित नेताहरु वार्ताबाट उठेका छन् ।

किन भएन हस्ताक्षर ?

मंगलबार बिहानैदेखि तीन दलका नेताहरु संसद भवन नयाँबानेश्वरमा वार्तामा बसेका थिए । तीन दलीय कार्यदलले सुरुमा सहमतिको सात बुँदे मस्यौदा तयार पारेको थियो । कार्यदलको बैठक चलिरहेका बेला माओवादी नेता नारायणकाजी श्रेष्ठ टुप्लुक्कै पुगे । उनले सात बुँदे मस्यौदा भद्दा भएको भन्दै काँटछाट गरेर तीन बुँदामा झारिदिए ।

तीन बुँदे मस्यौदाको पहिलो नम्बरमा संघीय गठबन्धन÷मधेसी मोर्चाले उठाएका मागका सन्दर्भमा तत्काल सम्बोधन गर्न सकिने मागहरु मन्त्रिपरिषद बैठकबाट सम्बोधन गर्ने उल्लेख छ ।

दोस्रो बुँदामा राजनीतिक सहमतिका आधारमा जतिसक्यो छिटो सीमांकन लगायतका विषयमा संशोधन प्रस्ताव संसदमा दर्ता गराउने र तेस्रो बुँदामा प्रधानमन्त्री निर्वाचनमा मोर्चाले प्रचण्डलाई मत दिने उल्लेख छ ।

यी तीन बुँदामा मोर्चाका नेताहरु सकारात्मक नै देखिएका थिए । त्यसैले प्रचण्डको मनोनयन दर्ताका लागि संसद सचिवालयमा उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरु पनि गएका थिए । उनीहरुले प्रचण्डको मनोनयन दर्तामा समर्थकमा हस्ताक्षरसमेत गरेका छन् ।

तर दिउँसो एकाएक मोर्चाका नेताहरुको मनस्थिति फेरियो । शीर्ष नेताहरुलाई हस्ताक्षर गर्न ठिक्क पारिएको तीन बुँदे मस्यौदामा उपेन्द्र यादवले थप स्पष्टता खोजे । उनले संविधान संशोधनको मिति र प्रदेशको संख्या तोक्नुपर्ने लगायतका अडान राखे ।

यादवको मन बदलिएपछि पुनः नेपाली कांग्रेसका विमलेन्द्र निधि, माओवादी केन्द्रका कृष्णबहादुर महरा र मधेसी मोर्चाका संयोजक एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बैठक बसे । तर, यादवले सहमति पत्रमै संविधान संशोधन गर्ने मिति र प्रदेश संख्या स्पष्ट किटान गर्नुपर्ने अडान छाडेनन् । कुरा नमिलेपछि साँझ ६ बजे नेताहरु बैठकबाट उठे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: