Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

नेपाल–सिक्किम साहित्य उत्सव सम्पन्न

\"Nepal-Sikkim-Sahitya-Utsab\"काठमाडौं । नेपाल र सिक्किमका स्रष्टाबीच सांस्कृतिक सम्बन्ध स्थापित गर्ने उद्देश्यले नेपाल–सिक्किम साहित्य उत्सव आयोजना गरिएको छ । प्रेस क्लब अफ सिक्किम र चिया कविता समूह सिक्किमको संयुक्त आयोजनामा चार दिवसीय कार्यक्रम सम्पन्न गरी नेपाली टोली काठमाडौं फर्केको छ ।

देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान नेपालका ११ सदस्यीय कलाकार तथा साहित्यकारको टोली सो उत्सवमा सहभागी हुन जुलाई २२ सिक्किम गएको थियो ।

सिक्किमको राजधानी गान्तोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटासम्बन्धी दुईदिने चित्र प्रदर्शनीबाट कार्यक्रम सुरु भएको थियो । स्टार मलमा अविस्थत कला ग्यालरीमा नेपालका २० जना कलाकारका चित्र प्रदर्शनीमा राखिएको थियो ।

नेपालबाट कला प्रदर्शनीमा रागिनी उपाध्याय, केके कर्माचार्य, टेकबीर मुखिया, राधेश्याम मुल्मी, राजन काफ्ले, देवेन्द्र थुम्केली, नारदमणि हार्तम्छाली, नगेन्द्रप्रसाद पौड्याल, केशव राज खनाल, लक्ष्मण भुजेल, जिडी सारु, शान्त हिताङ, शुषमा राजभण्डारी, धनु याखा, विवेक मुकारुङ, संगी श्रेष्ठ, उत्तम डंगोल, अनिता खनाल, राम बहादुर ठाडा र गणेशकुमार जिसीका कलाकृति राखिएको थियो ।

देवकोटाको कृतित्व र व्यक्तित्वमा आधारित सो प्रदर्शनीमा राखिएका चित्रले नेपाली कलाको समसामयिक पाटोलाई समेत केलाएको पाइन्छ ।

प्रदर्शनी पश्चात् चिया कविता समूहले आयोजना गरेको कविता गोष्ठीमा नेपाल तथा सिक्किमका कविले कविता वाचन गरेका थिए भने गायक जीवन शर्माले गीत प्रस्तुत गरेका थिए ।

नेपालका तर्फबाट रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुईटेल, कृष्ण प्रसाई, बाबा बस्नेत, सुनिल पौड्याल, सीता शर्मा र सरिता तिवारीले कविता वाचन गरेका थिए । सिक्किमबाट कवि अमर बाँनिया, प्रविण खालिङ ‘जुनेली’, लगायतका एक दर्जन कविले कविता वाचन गरेका थिए ।

दोस्रो दिनको साहित्यिक कार्यक्रममा कविता वाचन तथा नेपाली साहित्यका विषयमा परिचर्चा भएको थियो ।

नेपाली टोलीका संयोजक निनु चापागाईले समसामयिक नेपाली साहित्यका बारेमा परिचर्चा गरेका थिए ।

त्यस्तै तेस्रो दिनको कार्यक्रम दक्षिण सिक्किमको चेम्चेमा भएको थियो । सो कार्यक्रममा दक्षिण र पश्चिम सिक्किमका साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रम सिक्किम सरकारका पूर्वसचिव तथा वरिष्ठ फोटोग्राफर शान्ता प्रधानको अध्यक्षतामा भएको थियो । साथै देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष निनु चापागाई, भारतको प्रसिद्ध पदक पद्मश्री प्राप्त केदार गुरूङ, वसन्ती शर्मा, रिङ्की ल्हमू लेप्चा विशेष अथितिका रूपमा रहेका थिए ।

कार्यक्रमका अध्यक्ष शान्ता प्रधानले आफ्नो सम्बोधनमा नेपाली साहित्यमा बाल–साहित्यको अभाव देखिएको र यसमाथि लेखकले अन्य विधालाई जस्तै प्रमुखता दिइनुपर्ने बताइन् ।

सो कार्यक्रममा नेपाली साहित्यकार रामबाबु सुवेदीले बाल गीत प्रस्तुत गरेपछि प्रधानले पहिलोपल्ट बाल साहित्यको अनुभव गर्न पाएको बताइन् ।

उक्त कार्यक्रममा सिक्किमका तर्फबाट लेखक कुमार नेपाली, दीपक तिवारी र नेपालको तर्फबाट प्रतिष्ठानका सचिव हरिगोबिन्द लुइँटेलले नेपाली साहित्यको वर्तमान अवस्थामाथि चर्चा गरेका थिए ।

पश्चिम सिक्किम साहित्य प्रकाशन, कफी कविता, सिर्जनशील लेखन मञ्च, दक्षिण सिक्किम साहित्य सम्मेलन, चिन्तन चौतारी, सदामका कवि साहित्यिक संघसंस्थाको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा उद्यमी शिरिष खरेले साहित्यकारले नेपाली साहित्यकारलाई स्वागत गरेका थिए । यसैगरी नेपाली साहित्यकारको पक्षमा आफ्नो अनुभव प्रतिष्ठानका कोषाध्यक्ष कृष्ण प्रसाईले प्रस्तुत गरेका थिए । यसैगरी प्रतिष्ठानका अध्यक्ष चापागाईले भ्रमणको साथसाथै सिक्किम र नेपालबीच सिर्जनात्मक ढंगले अगाडि बढ्नुपर्ने बताए ।

जसमा विशेष रूपले दुवै तर्फबाट संयुक्त साहित्य प्रकाशन र अन्य कार्य सिर्जनात्मक कार्य गर्ने रहेको छ । कार्यक्रममा नेपालका कलाकार तथा साहित्यकारलाई प्रेस क्लब अफ सिक्किम र चिया कविता समूहका तर्फबाट प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम राउत, माला राणा पात्रो, पुरण तामाङ, पवित्र भण्डारी, केके छेत्री, निलम न्यौपाने, कविता शर्मा, अम्बर लाछिकाठी गुरूङ र प्रवीण खालिङद्वारा सम्मान गरिएको थियो ।

साथै नेपाली टोलीलाई सिक्किमका पर्यटकीय क्षेत्र तथागत छल (बुद्ध पार्क), सिद्देश्वरधाम र सिरडी साई मन्दिर भ्रमण गराइएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies