Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रचण्ड विजयीको तेस्रो अध्याय

[caption id=\"attachment_85761\" align=\"alignleft\" width=\"110\"]\"bikash लेख्क[/caption] अनेकन थरी टिकाटिप्पणी देवत्वकरणबीच पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदैछन् । उनको आगमनले स्थायी सताधारीहरुको मन र मस्तिष्क छचल्किनु त कुनै नौलो होइन । तर केही उनका पूर्व सहकर्मीहरुको निदहराम हुनु चाहीँ आश्चर्यलाग्दो छ । लाग्छ, आत्मभत्सर्नाको ताण्डव किन देखाउँछन् कुन्नि ? कतिपयलाई लाग्दो हो, उनको मृत्युुमा आफ्नो जीवन सुरक्षित हुन्छ भन्ने भ्रम । तर उनीहरुमा चेत देखिदैन । हेक्का राख्दैनन् कि छिमेकीको बाख्रा खाने बाघले आफ्नो बाख्रो पनि खान्छ भन्ने कुरा । कतिपय आफूलाई अभिमन्यू करार गर्दैछन् । कुनै छिमेकी प्रचण्डको सिंहासनपछि आफ्नो प्रतिकुलता टर्ने आत्मरतिमा छन् । कोही चाहीँ प्रचण्डलाई राष्ट्रघातको नक्कली दलील पेश गर्न ब्यस्त छन् । तर बहुसंख्यक जनता प्रचण्डप्रति विश्वस्त भएर त होइन मौनताबाट आशाको डोरा बुन्दैछन् ।
यस्तो परिवेश देखिनु साच्चिँकै प्रचण्डको विजय यात्राको निरन्तरता हो । उनले जित्दा देशले जित्छ र उनले हार्दा देशले हार्छ
राष्ट्रिय एकताको सुत्रको पर्याय जस्तै बनेका प्रचण्ड प्रधानमन्त्री हुन लाग्दा मधेसीहरु खुशीयाली मनाउँछन्, जनजातीहरु हर्षित हुन्छन्, दलित लगायत पिछडिएका समुदाय मुस्कुराउनु, खस आर्यले मौनता साध्नु र फेरि मधेसी नेपाली जनताहरु भारतविरुद्ध प्रतिरोधमा उत्रनु के यो संयोग मात्रै हो कि, अराष्ट्रवादी देख्नेहरु कतैबाट परिचालित त होइनन् भन्ने पुष्टि गर्दैन र ? यस्तो परिवेश देखिनु साच्चिँकै प्रचण्डको विजय यात्राको निरन्तरता हो । उनले जित्दा देशले जित्छ र उनले हार्दा देशले हार्छ । पहिलो जीत भीमकाय जनयुद्ध शंखघोष गरेका प्रचण्डलाई त्यसको निर्दिष्ट लक्ष्य हासिल नगरी बन्दुक बिसाउनु कम्ती चुनौतीपूर्ण थिएन । तर छोटो समयमै जनताको मन जितेर देशभरीबेहेरी सिर्जना गरी अन्तर्राष्ट्रिय समुदायको ध्यान आफूप्रति आकृष्ट गराउनु दुनियाँमाथि मजाक मात्रै थिएन । गणतन्त्र र धर्मनिरपेक्षता लगायत कयौं परिवर्तनको एजेन्डामा पुराना दलहरूलाई तान्दै उत्पीडित समुदायको हितमा शान्ति सम्झौता गरी देशमा युद्धको सफल अवतरण गर्नु प्रचण्डको पहिलो जित हो । भलै शान्ति सम्झौताका केही काम गर्न अझै बाँकी नै छ । \"puspakamal दोस्रो जीत विशिष्ट भूराजनीतिक चलखेल, पार्टी भित्र र इतरको चलखेल र स्वार्थ समुहको दबाबबीच राष्ट्रिय स्वाभिमानलाई उचो बनाउने गरी नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्नु प्रचण्डको दोस्रो विजय हो । जुन उनीबिना सम्भव नै थिएन । त्यो समग्र राष्ट्रको विजयी हुनपुग्यो । जहाँ असन्तुष्ट पक्षको लागि संविधान संशोधन हुने माध्यम खुला छ । नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति र पहिलो महिला सभामुख बनाउन महत्वपूर्ण भुमिका खेलेर समग्र विश्वलाई नेपालीको उदाहरण दिन बाध्य बनाएर उनले राष्ट्रलाई शिरोधार्य गरेको कसैमा छिपेको छैन । पूर्व जनसेना प्रमुखलाई उपराष्ट्रपति जस्तो गरिमामय पदमा पुर्याएर उनले आफूले थालेको युद्ध प्रति न्याय मात्रै गरेनन्, समग्र मुक्तिकामी जनता र पुर्व जनसेनाप्रति सम्मान भाव प्रकट गरे । यो युद्ध लड्नेहरुको जीत हो । समग्रमा उनको जीत हो । भलै अझै कति घाइते योद्धाहरु असिम पीडामा छन् । तेस्रो विजयको सङ्घारमा दोस्रो संविधानसभाको चुनावमा पार्टीले लज्जास्पद हार ब्यहोरे पनि प्रचण्डको अविचलित विजययात्रा टुंगिएन । किरण र बाबुरामहरु पार्टीबाट अलग भए पनि प्रचण्ड भने निर्भिकताका साथ आफ्नो उल्लास देखाइ रहे । जनतालाई देखाएको सपना र देशको विषमतामाथि उदभव भए । आफ्नो कठोरता र लचकतालाई विपक्षीले अस्थिरता भनेपनि उनले परिस्थितिअनुसार गतिशीलता देखाए । परिणाम उनी दोस्रो पटक प्रधानमन्त्री हुँदै छन् । पार्टी तेस्रो भएता पनि उनले दर्शाएको चातुर्यता, धैर्यता, प्रतिवद्धता र जनताप्रतिको ऐक्यबद्धताले उनी तेस्रो जीतको संघारमा छन् । यो प्रगतिशील राष्ट्रवाद , राष्ट्रिय एकता र नागरिकप्रतिको सम्मान र कर्तव्यबोधको जीत हुनेछ ।
हेर्नु छ, त्यतिबेला देशले हारेर प्रचण्डले जित्नुको अर्थ नै के रहन्छ र ?
परिघटना दोहोरिएको छ, फोहोरी संसदीय ब्यबस्थाले प्रचण्डलाई अवसर जुराइदिएको छ । यो अवसरले परीक्षा लिँदै छ । यसमा खरो उत्रन सके देशसँगै प्रचण्डले जित्नेछ्न र उनको पार्टीले जित्नेछ । यो परीक्षामा उनी फेल भए देशले हार्छ, उनको पार्टीले हार्छ । प्रचण्डले त जित्ने जति जितिसकेका हुन्छन् । हेर्नु छ, त्यतिबेला देशले हारेर प्रचण्डले जित्नुको अर्थ नै के रहन्छ र ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending