सरकार मलाई मात्र जङ्गली भन्छ गाली गर्छ /बन्दुक हल्लाउँछ बोल कि बोल भन्छ कसरी बोल्ने हो ? कि मेरो जिब्रोलाई सरकार शब्दको स्वाद थाहा छैन जस्तो कि सरकारको जिब्रोलाई मेरो जङ्गलको टिमुरको स्वाद थाहा छ मेरो खोलाको तितेमाछाको स्वाद थाहा छ अहँ, म बोल्न सक्दिन ! कति ठूलो आवाजमा बोल्ने हो ? जस्तो कि बाघको गर्जनमा या बिरालोको म्याउँमा अहँ म बोल्न सक्दिन । (तर, म बोल्न सक्छु)
कवि स्वप्निल स्मृतिका पाँच गुण १) उनी वैचारिक पक्षलाई तिख्खर बनाउँदै पाठकको हृदयमा झङ्कार पैदा गर्न सक्छन् । २) उनी स्थानीय र मौलिक बिम्बको प्रयोग गर्दै पहिचानको मुद्दालाई कवितामार्फत स्थापित गर्न समर्थ छन् । ३) उनी रङ्गवादजस्तो उत्तरआधुनिक प्रयोगलाई पन्छाउँदैै जनपक्षीय आवाजलाई बुलन्द पार्छन् । ४) उनी आफ्नो लेखनलाई क्रमिक सुधार गर्दै मौलिक शैली सिर्जना गर्न सफल छन् । ५) उनी घनघोर जंगलजस्तो सङ्घर्षपूर्ण जीवन बाँच्छन् र त्यसलाई कवितामा उतार्छन् । उनी कविता मात्र लेख्दैनन् आफूलाई सक्रियतापूर्वक मुक्तिको आन्दोलनमा उभ्याउँछन् । कवि स्वप्निल स्मृतिका पाँच अवगुण १) उनका कविता जति उत्कृष्ट छन् त्यति उनले वाचनमा सुधार गर्न सकेका छैनन् । २) उनी कवितामा सानो कुरालाई पनि कथात्मकता थपेर लामो बनाउन खप्पिस छन् । ३) उनका कवितामा कहीँ–कहीँ कल्पनाको तिलस्मी तत्व बढि हुन्छ । ४) उनका कविता जति व्यस्थित र बुनिएका हुन्छन् त्यति आफ्नो जीवनलाई व्यवस्थित बनाउन सकेका छैनन् । ५) उनी अतिशय भावुक छन् र कवितालाई आफूभन्दा बढि प्रेम गर्छन् ।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: