Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

आधिकारिक ट्रेड युनियनका अध्यक्षसहित ११ जनालाई अदालतले बोलायो

काठमाडौँ, १२ साउन । पुनरावेदन अदालत पाटनले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी सङ्गठनबाट प्रतिनिधित्व गर्ने अध्यक्षसहित तीन पदाधिकारी र सदस्यको वैधानिकताबारे विवाद भएपछि छलफलका लागि पुनःबोलाएको छ ।

\"Punya-Dhakal\"आज छलफल गर्ने भने तापनि मुद्दा तामेली नभएका कारण आउँदो बुधबार बोलाएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए । पुनरावेदन अदालतले सोमबार युनियनमा प्रतिनिधित्व गर्ने अध्यक्षलगायत पदाधिकारीलाई कुनै पनि काम नगर्न नगराउन आदेश दिएको थियो ।

वैधानिकताबारे छलफलका लागि नेपाल निजामती कर्मचारी सङ्गठनबाट युनियनमा प्रतिनिधित्व गर्ने अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित आठ सदस्यलाई १९ गते बोलाएको हो ।

नवनिर्वाचित युनियनका अध्यक्ष ढकालले अदालतले आफूहरुलाई काम नगर्न भनेपछि वैधानिकताका बारेमा छलफल गर्न बोलाएको जानकारी दिए । ‘हाम्रो सङ्गठनले निर्वाचन कार्यालयले तोकेको समयसीमाभित्र युनियनमा प्रतिनिधित्व गर्ने नामावली पठाएनौँ,’ उनले भने, ‘पछि नाम पठाएको हुनाले अदातलमा रिट प¥यो । हामीलाई काम नगराउन आदेश आयो । समयसीमा पछि पठाएको हाम्रो नामबारे छलफल गर्न बोलाइएको हो ।’

जेठ १९ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्पन्न भए पनि सङ्गठनतर्फबाट कसलाई पठाउने विवाद भएपछि असार ३० गते मात्र निर्वाचन कार्यालयमा नाम पठाइएको थियो । निर्वाचन कार्यालयले निर्वाचन सम्पन्न भएको १५ दिनभित्र युनियनमा सङ्गठनका तर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारीको नाम पठाउन आग्रह गरेको थियो ।

निर्वाचनमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) नेपाल र नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन क्रमशः पहिलो, दोस्रो र तेस्रो भएर ट्रेड युनियनमा प्रतिनिधित्व गरेका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending