Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

मापदण्ड बनाएर मन्त्री छान्दै कांग्रेस, यस्ता छन् सम्भावित उम्मेदवार

\"Nepali-congress-750\" काठमाडौं, १२ साउन । कांग्रेसले मन्त्रीहरूको मापदण्ड बनाई संस्थागत निर्णय गरेरमात्रै सरकारमा पठाउने भएको छ । पार्टीभित्र मौलाएको भागबन्डा राजनीति अन्त्य गरी मापदण्ड बनाएर मन्त्री छनोट गर्ने तयारीमा सभापति शेरबहादुर देउवा छन् । माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकार गठन हुने निश्चित भएपछि देउवाले मन्त्रीको मापदण्ड तयार गर्न आफू निकटका नेताहरूलाई निर्देशन दिएका छन् । स्रोतका अनुसार देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरू के आधारमा छनोट भए भन्ने प्रस्ट पार्ने तयारीमा छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – देउवाले नयाँ संविधानअनुसार सात प्रदेशबाट एकएकजना नछुट्ने गरी र समावेशी आधारमा मन्त्री छनोटको तयारी गरेका छन् । ‘मन्त्रीहरू के आधारमा छनोट भए, उनीहरूको शैक्षिक योग्यता, पृष्ठभूमि, विज्ञता र विगतमा अवसर पाए–नपाएको सबैलाई समेटेर मापदण्ड बनाउने गरी छलफल सुरु भएको छु, देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘एक–दुई दिनभित्र मापदण्ड तयारी हुन्छ । त्यसलाई पार्टीभित्र छलफल गर्ने तयारी छ ।’ स्रोतका अनुसार देउवाले पहिलो संविधान सभापछि दुईपटक कांग्रेस सरकारमा सहभागी भएकाले त्यतिबेला मन्त्री बनेकाहरूलाई प्राथमिकतामा नराख्न निर्देशन दिएका छन् । ‘न्यायपूर्ण हुने गरी मापदण्ड बनाएर छनोट गरियो भने त्यो सबैभन्दा श्रेयष्कर हुन्छु, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले अन्नपूर्णसँग भने, ‘सबैलाई न्याय हुनेगरी मन्त्री छनोटको मापदण्ड बनाउनुपर्ने सबै साथीहरूको धारणा छ ।’ सरकारमा बस्दा कार्यसम्पादन राम्रो भएका र जनताबीच पनि लोकप्रियलाई नबनाइनहुने बाहेक पहिलो संविधानसभापछि मन्त्री बनेकालाई फेरि मन्त्री नबनाउने मनस्थितिमा देउवा छन् । देउवालाई पटकपटक एउटै व्यक्तिलाई मन्त्री नबनाउन चर्को दबाब परेको छ । तत्कालीन कांग्रेस प्रजातान्त्रिकको सभापति हुँदा देउवाले समावेशितालाई विधानमै लागू गरेकाले पनि यसपटक मन्त्रीहरू छनोट गर्दा समावेशितालाई मुख्य आधार बनाउन लागेका छन् । उनले महिला, मधेसी, दलित, जनजाति र मुस्लिमबाट एकएक जना मन्त्री बनाउने गरी मापदण्ड तय गर्न आफ्नो टिमलाई निर्देशन दिएका छन् । ‘नयाँ संविधानले र पार्टीको विधानले पनि समावेशिता स्वीकार गरेको र सभापतिको आफ्ना धारणा पनि भएकाले मन्त्रीहरू समावेशिताका आधारमा चयन हुन्छन्,’ ती केन्द्रीय सदस्यले भने । देउवाले मापपदण्ड बनाएर मन्त्री छनोटको तयारी गरिरहेका बेला कांग्रेसमा भने सबैजसो सांसदले मन्त्री पदका लागि दौडधुप गरेका छन् । सरकारमा १४ जनामात्रै मन्त्रीहरू सहभागी हुने भएकाले अधिकांशलाई मापदण्ड बनाएर ‘सर्ट लिस्टिङ’ गर्ने मुडमा देउवा छन् । स्रोतका अनुसार प्रदेश नम्बर एकबाट सुधीरकुमार शिवाकोटी, शेखर कोइराला, सूर्यमान गुरुङ, मीन विश्वकर्मा र भीष्मराज आङदम्बे मन्त्रीका लागि प्रबल दावेदार हुन् । त्यस्तै प्रदेश नम्बर दुईबाट विमलेन्द्र निधि, पद्मनारायण चौधरी, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादवलगायत मन्त्रीका आकांक्षी छन् । प्रदेश नम्बर ३ बाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, ध्यानगोविन्द रञ्जित, नवीन्द्रराज जोशी, महालक्ष्मी डिना उपाध्यायलगायत मन्त्रीका सम्भावित उम्मेदवार हुन् । प्रदेश नम्बर चारबाट भने गोपालमान श्रेष्ठ, अर्जुनप्रसाद जोशी, टेकबहादुर गुरुङ, कमला पन्तलगायतको सम्भावना छ । त्यस्तै प्रदेश नम्बर पाँचबाट बालकृष्ण खाँड, भरतकुमार शाह, मानबहादुर विश्वकर्मा, शिलु खड्का, चन्द्र भण्डारी, डिल्ली चौधरीलगायतका आकांक्षी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending