Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

बाढी र डुबानले देशभर बिजोग, ४० को मृत्यु, कयौं बेपत्ता

\"badi-3-660x330-750\" प्युठान, १२ साउन । दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढी–पहिरोले विभिन्न जिल्लामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । दर्जन बढी बेपत्ता भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – कतिपय प्युठान, बाँके, झापा, बाग्लुङ, सुनसरी, रोल्पा, रूपन्देही, कपिलवस्तुलगायतका जिल्लामा आएको बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएको हो । अझै पनि ती जिल्लामा वर्षा जारी रहेकाले क्षतिको पूर्ण विवरण आइसकेको छैन । मुलुकका सानाठूला सबै नदीमा पानीको सतह बढेको छ । प्युठानमा सबैभन्दा बढी मानवीय क्षति सोमबार साँझदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरोले प्युठानमा जनधनको ठूलो क्षति भएको छ । मंगलबार बेलुकासम्म जिल्लामा १६ जनाको मृत्यु र दर्जन बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिलेसम्म १० जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार लुङ–६ बाहानेमा घर भत्किँदा स्थानीय शोभा रिजाल पुरिएर बेपत्ता भएकी छन् । बाहानेकै सिमलबुटामा धोजबहादुर पुनको घर पहिरोमा पुरिँदा डेरा गरी बस्ने २५ वर्षीया काली परियार, १५ वर्षीय किरण थापा र शिवबहादुर सुनार पुरिएका छन् । \"1469541771263_SG_Morang_Urlabari_madumalla-768x553-750\" पुनकी २८ वर्षीया छोरी पवित्रालाई सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । प्रहरीका अनुसार पुजा गाविस–१ मा सुपारी मल्ल र उनका १३ वर्षीय छोरा मुकेश मल्ल, खवाङ–२ मा ८० वर्षीय दविले सुनार, उनकी श्रीमती कुतरी सुनार तथा नाति दिपे सुनारको शव भेटिएको छ । माझकोटकी काली पुनको बाढीले बगाएर मृत्यु भएको छ । यस्तै, फोप्ली गाविसमा पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको स्थानीय नारायण शर्माले जानकारी दिए । मृत्यु हुनेमा प्रकृति पुन, रविबहादुर पुनका ११ महिने बालक, रामी पुन, मनबहादुर पुनसहित ६ जना छन् । फोप्लीमा अझै १३ जना बेपत्ता रहेको उनले बताए । फोप्ली वडा नम्बर ३ र ४ का ४० भन्दा बढी घर उच्च जोखिममा रहेको उनले जानकारी दिए । अर्खा गाविस–६ मा एकै परिवारका तीनजनालाई पहिरोले पुरेको छ । उनीहरूको सनाखत हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी पन्तले फोप्लीमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी उद्धारका लागि खटाइएको बताए । दुर्गम तथा सञ्चारको अभावका कारण कतिपय स्थानबाट सूचना आउने क्रम जारी रहेको उनको भनाइ छ । क्षतिको पूर्ण विवरण अझै आइनसकेको उनले बताए । प्युठानका अधिकांश सडकखण्डको ठाउँठाउँमा गएको पहिरोका कारण अवरुद्ध भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending