Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

नयाँ सरकार यसरी हुँदैछ गठन

\"sadan-samsad-bicc-750\" काठमाडौं, ९ साउन । नयाँ सरकार निर्माणमा राष्ट्रपतिबाट ‘टाइम वाइङ’ हुन सक्ने अनुमान गर्दै कांग्रेस र माओवादी केन्द्र सभामुखबाटै सरकार निर्माणको आह्वान गरेर अघि बढ्ने तयारीमा देखिएका छन् । दुवै दल संविधानको संक्रमणकालीन व्यवस्थामा सरकार निर्माण गर्न राष्ट्रपतिले आह्वान गनुपर्ने कतै पनि उल्लेख नभएको भन्दै राष्ट्रपतिकहाँ जानुपर्ने बाध्यता नभएको मान्यतामा छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – कांग्रेस नेता रमेश लेखकले संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार धारा २९८ बमोजिम गठन हुने सरकारका लागि राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था नभएको बताए । ‘संविधानमा संक्रमणकालीन व्यवस्थाको धारा २९८ अनुसार बन्ने प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने व्यवस्था छैनु, लेखकले भने, ‘अब नयाँ सरकार गठनका लागि सभामुखले आह्वान गर्नुपर्छ ।’ संविधानको धारा ७६ मा संघीय संसद्बाट बन्ने प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गर्ने स्पष्ट व्यवस्था छ । तर संक्रमणकालीन व्यवस्थाअनुसार अब बन्ने प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गर्ने प्रावधान छैन ।संविधानमा स्पष्ट व्यवस्था नभएपछि एमालेबाट हुन सक्ने सम्भावित अवरोध रोक्न सभामुखमार्फत नयाँ सरकार गठनको आह्वान हुनपर्ने विषयमा कांग्रेस र माओवादीबीच छलफल सुरु भएको छ । ‘परम्परा मान्ने हो भने राष्ट्रपतिमार्पmत नयाँ सरकार गठन आह्वान गरेर जान सकिने भयो,’ लेखकले भने, ‘संवैधानिक रूपमा अघि बढ्ने हो भने राष्ट्रपतिकहाँ जानुपर्ने व्यवस्था छैन र जानु पर्दैन ।’ प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा परेको अविश्वासको प्रस्ताव सम्भवतः आइतबार पारित हुनेछ । ओली र उनको दल एमाले नयाँ सरकार गठन गर्ने संवैधानिक व्यवस्था नभएको भन्दै वर्तमान सरकारलाई कामचलाउका रूपमा लम्ब्याउने रणनीतिमा छन् राष्ट्रपतिमार्फत । त्यही अनुमानका आधारमा कांग्रेस र माओवादी सभामुखमार्फत सरकार गठनको पहलमा लागेका हुन् । संविधान व्याख्या गर्ने आ–आफ्नै तर्कका कारण नयाँ सरकार निर्माणमा दलहरूबीच चर्को मतभेद हुने देखिएको छ । संविधानको धारा २९८ को (२० मा) ‘यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसद्को अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले अधिवेशन चलिरहेको रहेनछ भने धारा २९८ को उपधारा ९६० बमोजिम आह्वान गरिएको व्यवस्थापिका संसद्को अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ’ भन्ने प्रावधान छ । तर कुनै पनि धारामा सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने उल्लेख छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending