Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

यसरी भयो एमालेभित्र दुई धार

\"kp-madhab\" काठमाडौं, ९ साउन । नयाँ प्रधानमन्त्री निर्वाचन प्रकृयालाई लिएर उत्पन्न विवादमा सत्तारुढ एमालेभित्र दुई धार देखिएको छ । प्रधानमन्त्री केपी ओलीबिरुद्धको अविश्वास प्रस्तावमाथि व्यवस्थापिका संसदमा शनीबार भएको छलफलमा एमाले नेता माधवकुमार नेपाल र बामदेव गौतमले सम्वैधानिक अडन देखाएर प्रधानमन्त्रीको निर्वाचन प्रकृयालाई लम्बाउन नहुने बताएपछि एमालेभित्रको दुई धार सतहमा आएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ – एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली पक्ष भने अविश्वासको प्रस्ताव पारित भएपनि मौजूदा व्यवस्था अनुसार नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढ्न नसक्ने तर्क गर्दै आएका छन । प्रधानमन्त्री ओली र उनी निकट रहेका नेताहरुले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकृया अघि बढाउनु पूर्व संविधानको संशोधन या बाधा अडाउ फुकाउने बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिदै आएका छन् । जसलाई एमालेभित्रै बरिष्ठ नेता झलनाथ खनाल, नेपाल र गौतम पक्षले मन पराएका छैनन् । प्रधानमन्त्री निर्वाचन प्रकृयालाई प्राविधिक पक्ष देखाउदै अडाउँदा पार्टीको साख खस्कने भन्दै राजनीतिक निकासबाट समधान खोज्नुपर्ने पक्षमा नेपाल पक्ष लागेको छ । कांग्रेस र एमालेले संविधानको धारा २९८ व्यवस्था अन्तर्गत नै नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढ्ने बताउँदै आएका छन् । उनीहरुले सभामुख ओनसरी घर्तीलाई अविश्वासको प्रस्ताव पारित हुनसाथ संविधानको धारा २९८ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को व्यवस्था उल्लेख गरी सरकार निर्माणको प्रकृया अघि बढाउन राष्ट्रपतिकोमा पत्र पठाउनु पर्ने सुझाव दिईसकेका छन् । एमाले बरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र गौतम संविधानको कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलहरुबीच तिक्तता बढाउन नहुने पक्षमा उभिएका छन् । प्रधानमन्त्री निर्वाचनमा सम्वैधानिक अडन देखिएपनि राजनीतिक बाटोबाटै निकास खोज्नुपर्नेमा जोड उनीहरुको छ । संविधान संशोधन या बाधा अडाउ फुकाउको माध्यमबाट अघि बढा संविधान नै असफल हुने बाटोमा जान सक्ने भन्दै उनीहरुले राजनीतिक समझदारीकै आधारमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाउनु पर्ने अनौपचारिक छलफल समेत पार्टीभित्र चलाएको एमालेका एक सांसदले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending