Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

पहिरोले तीन घर पुरिए,एक जना बेपत्ता

प्युठान , ७ साउन ।  गएराति परेको अबिरल वर्षाले प्युठानजिल्लाको फोप्ली–९ मैरामारेको बांगेसल्लामा पहिरो जाँदा तीन घर पुरिएका छन् । स्थानीय यमबहादुर घर्ती, ओविराम घर्ती र थमबहादुर घर्तीको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । पहिरोमा परी अबिरामकी १२ वर्षीया छोरी बालमती घर्ती बेपत्ता भएको प्रहरी नायव उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए । मैनामारे प्रहरी चौकीबाट गएको प्रहरीले बालिकाको खोजी कार्य जारी राखेको उनले बताए । पहिरोमा परी यमबहादुरकी ५८ वर्षीया श्रीमती भोवी घर्ती घाइते भएकी छिन् । उनको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । अबिराम घर्ति घाईते भएको राठौँरले बताए । रातभर परेको वर्षाले घरमाथीबाट आएको पहिरोले घर पुरेको हो । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा ल्याउने प्रयास भएपनि लगातार परिरहेको पानीले समस्या भइरहेको प्रहरीले जनाएको छ । यसै बिच उत्तरी प्युठानको लुङ खोलामा भिषण बाढि आएको छ।गएराती परेको बर्षाले नदिमा पानीको बहाव बढेको हो। नदिमा आएको बाढिले खेत कटान गर्दा थुप्रै ठाउँमा कृषकले लगाएको धान बालि नष्ट गरेको स्थानिय महेश थापाले बताए। उनका अनुसार नदि छेउका धेरै गाउँहरु उच्च जोखिममा परेका छन।बाहाने (बाग्दुला सडक खण्ड दर्जन बढी स्थानमा पहिरो झरेका कारण पुर्ण रुपमा अबरुद्ध भएको छ। बाटो अबरुद्ध हुदा सवारीसाधनहरु चल्न सकेका छैन्न। स्थानियहरु त्रासदी पुर्ण अबस्थामा पैदल यात्रा गर्न बाध्य छन। हप्तौं देखि यहाको दैनिकी कष्टकर बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: