Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

ओलीले पौडेल उचालेको ठहर, प्रचण्ड र देउवाकाे नयाँ रणनीति

\"prachanda_deuwa\"काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगसमेत सल्लाहा नगरीकन कांग्रेसका नेता रामचन्द्र पौडेलले विहिबारको शिर्ष नेताहरुको बैठकमा प्रस्तुत गरेको ४ बुँदे प्रस्ताव ओलीको उक्साहटमा आएको बुझाईमा प्रचण्ड देउवा पुगेका छन् ।
पौडेलको प्रस्तावमा छलफल गर्न सकिने तर यहि संविधान अन्तर्गत नयाँ सरकार बनाउने सहमति गरे अन्य ३ बुँदा मान्ने मुडमा प्रचण्ड र देउवा छन्
पार्टीले नेकपा माओवादी केन्द्रसँग एउटा सहमति गर्ने तर सहमति तोडिने गरी पौडेलले अर्कै प्रस्ताव गर्ने भएपछि विहिबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा झस्किएका थिए । कांग्रेस स्रोतका अनुसार पौडेलले राखेको ४ बुँदे प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको उक्साहटमा आएको कांग्रेस नेताहरुको ठम्याइ छ । पौडेलको यस्तो प्रस्तावले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न सकिने र प्रचण्ड रोकिँदा देउवापनि रोकिन पुग्ने अनुमान ओलीको छ । पौडेलले प्रस्तुत गरेको ४ बुँदेमा अविस्वासको प्रस्ताव फिर्ता लिने, ओलीले राजीनामा दिने, आर्थिक विद्येयक पारित गर्ने र नयाँ सरकार निर्माणका लागी उपाय खोज्ने रहेको छ । प्रस्तावको अन्तिम बुँदा अर्थात संविधान निर्माणका लागी उपाय खोज्नेको अर्थ संविधान संशोधन गर्ने भन्ने ओली लाइन हो । यही लाईनमा पौडेल लागेका छन् । यसो गर्दा पौडेलको प्रचण्ड र देउवा दुबैलाई रोकेर आफै प्रधानमन्त्री बन्ने बाटो खुल्ने आँकलन छ भने ओलीले प्रधानमन्त्री बनाउने आस्वाशन यसअघि नै दिइसकेका छन् । पौडेलको यस्तो प्रस्तावका विरुद्धमा प्रचण्ड र देउवाले नयाँ रणनीति बनाउने भएका छन् । स्रोतका अनुसार पौडेलको प्रस्तावमा छलफल गर्न सकिने तर यहि संविधान अन्तर्गत नयाँ सरकार बनाउने सहमति गरे अन्य ३ बुँदा मान्ने मुडमा प्रचण्ड र देउवा छन् । यदी यसो गर्दा पनि ओलीले नमाने शुक्रबार सदन संचालन गर्ने र परिआएको बेहोर्ने रणनीति बनाउँदै देउवाले आफु निकटका नेताहरुलाई तयार रहन भनिसकेका छन् । साथै पौडेलले अन्तिममा पार्टी निर्णयलाई लत्याउन सक्ने उनको संगठनात्मक पहँुच नरहेको निष्कर्षमा समेत देउवा छन् । साथै यसो गर्दा सदन अवरोधमा एमाले आउने उनीहरुको ठम्याइ छ । सरकारको नेतृत्व गरिरहेको पार्टी नै संसद अवरोध गर्न आए त्यो दुनियाँका लागी लज्जाजनक विषय हुने र त्यसले एमालेलाई राजनीतिकरुपमा ठुला घाटा हुने बुझाईमा प्रचण्ड/देउवा पुगेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending