Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

बिदेशी इसारामा सरकार परिवर्तनको खेल :सञ्चारमन्त्री राई

\"_DSC3834-750\"भक्तपुर, ६ श्रावण । सुचना तथा सञ्चार मन्त्री शेरधन राईले बिदेशी इसारामा सरकार परिर्वतको खेल भएको बताएका छन् । रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा आयोजना गरेको साक्षतकार कार्यक्रमा बोल्दै मन्त्री राईले भने, ‘काँग्रेस माओबादीको नयाँ गठबन्धन कहाँ र कसरी भयो भन्ने सबैलाई जानकारी छ, कालो कोठामा बसी कसैको इशारामा भोज खाँदै निर्माण गरिएकाले नेपाल र नेपालीका लागि भबिष्यमा घातक साबित हुनेछ । ’ राईले काँग्रेस र नेकपा माओवादी केन्द्रकै कारण केपी ओलीले राजीनामा नदिइ अविश्वासको प्रस्तावको सामना गरेको बताएका छन् । माओवादीले सरकारलाई दिइएको समर्थन फिर्तासँगै ओलीले नैतिकताको आधारमा राजीनामा दिने सोचमा रहेका बेला काँग्रेस सँगको गठबन्धन सहित अविश्वासको प्रस्ताब पेश गरेकाले अविश्वासको प्रस्ताबको सामना गर्नु परेको बताए । संसदमा बारम्बार रोकिएको आर्थिक बिधेयक २ करोड ८० लाख नेपालीको हितमा भएकाले त्यसलाई छलफलमा ल्याउनु पर्ने र संसदले जस्तो निर्णय गर्छ त्यसलाई स्विकार गर्न एमाले तयार रहेको भन्दै राईले भने, ‘यदि यसो नभए संसदमा अविश्वासको प्रस्तावमाथि छलफल हुन सक्दैन ।’ राईले वर्तमान सरकारमाथि नयाँ गठबन्धनको बिचलित रुपमा प्रस्तुत भईरहेको छ यो सकारात्मक नभएको भन्दै काँग्रेस र माओबादीले बहुमतको नाममा संबिधान मिच्दै जर्बजस्त गर्न नमिल्ने र यसले राजनीतिक संकट बढाउने बताए । वर्तमान समयमा सभामुखले निष्पक्ष भूमिका खेल्न नसकेको आरोप लगाउँदै मन्त्री राईले टकराबमा उत्रिएका दलहरुलाई एकै थलोमा राखेर संसदमा ल्याई बहस गराउने भन्दा भिडाउनेमा लागेको बताए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण पछि नेपालको कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले वर्तमान सरकार बिघटन गरेको आरोप लगाउँदै उनले भने, ‘चिनसँग गरिएका सम्झौताहरुको कार्यान्वयन हुन नसके र चिनिया राष्ट्रपतिको नेपाल भ्रमण नभए नेपालले ठूलो बेफाईदा बेहोर्नु पर्ने छ ।’ मन्त्री राईले वर्तमान सरकारले सञ्चार क्षेत्रमा देखिएका बिभिन्न अवरोधलाई नियन्त्रण गर्दै सञ्चार नीति सार्वजनिक गरेको र यसले सञ्चार क्षेत्रको बिकासमा अहंम भूमिका निर्वाह गर्ने भएकाले जस्ताको तस्तै कार्यान्वयन गरिनु पर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending