Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

नयाँ सरकारबारे उपेन्द्र यादवको अायाे फरक मत

\"Upendra काठमाडौं, ६ साउन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ । गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूहरुले उठाउँदै आएका शोषित, उत्पीडित र विभेदका मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने बताए । वर्तमान राजनीतिक निकास र भावी रणनीतिबारे गठबन्धनले आज बुद्धिजीवीसँग गरेको अन्तक्र्रियामा अध्यक्ष यादवले भने “हामीले उठाएका मुद्दा र राष्ट्रिय सवाल सम्बोधन नगराइकन सरकारमा जाने भनेको आत्महत्या गर्नु हो ।” उनले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने र अहिलेको अन्तरक्रिया त्यसैको तयारी हो भने । “आन्दोलन कमजोर भयो भन्ने भ्रम नराखौँ, यो अन्तक्र्रिया आन्दोलनकै तयारी हो, हामीले आन्दोलनको मैदान छाडेर तल झरेका छैनौं ”– अध्यक्ष यादवले भने । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले गठबन्धनको अहिंसात्मक आन्दोलनले सफलता प्राप्त गरेको र यस किसिमको आन्दोलन स्वभावैले लामो तर परिणाम दुरगामी हुने भएकाले आन्दोलन शिथिल भयो भनेर निरास नहुन नेता कार्यकर्तालाई आग्रह गरे । अन्तक्र्रियामा सहभागी बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिले गठबन्धनको आन्दोलनले उचाइ लिएका सन्दर्भमा सत्ताको प्रलोभनमा परी मुद्दा छाडेर सरकारमा नजान र गठबन्धनलाई थप प्रभावकारी बनाएर लैजान सुझाए । राजनीतिक विश्लेषकद्वय कृष्ण हाछेथु, तुलानारायण साह, पूर्वराजदूत विजयकान्त कर्ण, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, अधिवक्ता सुरेन्द्र महतो र साहित्यकार धीरेन्द्र प्रेमर्सिले मुद्दा सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका खण्डमा मात्र सरकारमा जान उपयुक्त हुने धारणा राखेका थिए । त्यसैगरी नागरिक अगुवा डा सुन्दरमणि दीक्षितले गठबन्धनका नेताले लोभ र इगोमा नपरी आन्दोलनलाई प्रभावकारी रुपमा अघि बढाउन आग्रह गरे ।तराई मधेस–लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले गठबन्धन र मधेसी मोर्चाबीच कुनै मतभेद नरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending