Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सभामुख घर्ती राजनीतिक भेटघाटमा व्यस्त

\"Onsari-Gharti-Magar-750\"काठमाडौँ, ५ साउन । दलबीचमा चुलिएको अविश्वासको वातावरणलाई सहमतिका आधारमा अन्त्य गर्न सभामुख ओनसरी घर्तीले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छिन् । नेकपा ९माओवादी केन्द्र० ले नेपाली काँग्रेससित मिलेर असार २९ गते व्यवस्थापिका–संसद्मा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि दलका बीचमा अविश्वासको वातावरण चुलिएको थियो । सो अविश्वासको प्रस्तावमा माथि भोलि सदनमा छलफल हुँदैछ । यस क्रममा उनले आज बिहान नेका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निवास पुगी ती दुवै अध्यक्षलाई सहमतिका आधारमा संसद्को गतिविधि अघि बढाउन आग्रह गरेकी हुन । सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले दिएको जानकारी अनुसार ती दुवै भेटमा सभामुख घर्तीले दुवै शीर्ष नेतालाई राजनीतिक सहमतिको वातावरण बनाउन आग्रह गरेकी थिइन । दलका बीचमा अविश्वासको प्रस्तावमाथि पहिलो छलफल गर्ने की विनियोजन विधेयक माथि पहिलो छलफल गर्ने विषयमा विवाद चुलिएको छ । नेकपा ९एमाले० ले विनियोजन विधेयक माथि छलफल भएपछि मात्र अन्य विषयले सदनमा प्रवेश गराउनुपर्ने माग गरेको छ भने काँग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्ताव टुङ्गो लगाएपछि मात्र अरु विषयले प्रवेश पाउनुपर्छ भन्ने माग राख्दै आएको छ । कार्यसूचीका विषयमा दलीय सहमति बनाउन पनि सभामुख घर्तीले शीर्ष नेतृत्वलाई ध्यानार्षण गराउँदै सहमति नभएमा यसअघि सूचित कार्यसूचीलाई नै अघि बढाउन आफू बाध्य हुने जानकारी गराएकी थिइन । सो अवसरमा नेकाका सभापति देउवाले सहमतिका लागि प्रयास भइराखेको सभामुख घर्तीलाई जानकारी दिँदै भोलिसम्ममा निकास निस्कने बताएका थिए । यसैगरी अध्यक्ष दाहालले पनि दलका बीचमा देखिएका भनिएको अविश्वासलाई विश्वासमा रुपान्तरण गर्न प्रयास भइराखेको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसित सभामुख घर्तीले मङ्गलबार भेटघाट गरेकी थिइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: