Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

राष्ट्रपतिलाई एमाले, सभामुखलाई माओवादी, प्रधानन्यायाधीसलाई के भन्ने ?

\"speaker-onsari-gharti-magar\"काठमाडौं, ४ साउन । नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछि नेपालको राजनीतिक परिस्थिति बदलिएको छ । माओवादीको समर्थन फिर्तापछि एमाले नेतृत्वको सरकार अल्पमतमा परे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिएपछि राजनीतिक संक्रमण झनै बढेको छ । आफू अल्पमतमा परेर पनि राजिनामा नदिने अडानपछि कांग्रेस माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरे । फेरि अविश्वासको प्रस्ताव पेश गरिएपछि प्रधानमन्त्री ओलीले मैले राजिनामा दिन्थेँ किन अविश्वासको प्रस्ताव पेश गरेको भन्दै भाषणबाजी गर्दै हिँडेका छन् । प्रमुख राजनीतिक दलहरुबीचको यहि रस्साकस्सीका कारण आर्थिक विधेयकहरु पारित हुन सकेको छैन । अविश्वासको प्रस्तावमाथि संसदमा छलफल शुरु नभएसम्म बजेटसम्बन्धि विधेयकहरु पास नगर्ने नेकपा माओवादी केन्द्रले निर्णय गर्यो । आफू अल्पमतमा परे पनि राजिनामा नदिने प्रधानमन्त्रीको अडान र अविश्वासको प्रस्तावमाथि छलफल शुरु नगरिए विधेयकहरु पास हुन नदिने दलहरुको अडानपछि सभामुख ओनसरी घर्तीले साउन १ गते डाकिएको बैठक स्थगित गरी साउन ६ गते अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिन् । सभामुखले आर्थिक विधेयकमाथिको छलफल रोकेर अविश्वासको प्रस्तावमाथि छलफल गर्न लागेको भन्दै सत्तारुढ दल सभामुखप्रति रुष्ट बनेको छ । सभामुखको यो निर्णयलाई लिएर सत्तारुढ दलहरुले सभामुख दल केन्द्रित भएको आरोप लगाएका छन् । आफूमाथि दलीय राजनीतिक गरेको आरोप लागेपछि सभामुख घर्तीले उक्त आरोपको अस्वीकार गरेकी छन् । आफूले आर्थिक विधेयक पारित गर्नका लागि असार २९, ३० र ३१ गते तीन दिन प्रयत्न गरे पनि सफल नभएपछि कार्यसूची बदलेको प्रष्ट्याएकी छन् । मंगलबार सभामुख निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीमा उनले आफूमाथि दलीय राजनीतिको आरोप लागेको गुनासो पोखिन् । ‘मैले संसदीय मूल्य मान्यताअनुसार नै काम गरेकी छु, परम्परागत शैलीहरुलाई अपनाउनुपर्ने हुन्छ,’ सभामुख घर्तीको प्रश्न थियो, ‘राष्ट्रपतिलाई एमाले, सभामुखलाई माओवादी र प्रधानन्यायाधीसलाई के भन्ने ?’ आफू सहमतिमा नै अघि बढ्न चाहेको उल्लेख गर्दै उनले सहमतिका लागि अझै दुई दिन बाँकी रहेको बताइन् । राजनीतिक सहमतिमा नै अघि बढ्नुपर्ने भन्दै उनले त्यसका लागि आफू खुल्ला रहेको बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: