Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

संविधान असफल पार्न कस्तो तानाबाना बुन्दैछन् ओली ?

\"kp-oli-640\" काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको संविधान असफल पार्ने खेलमा लागेका छन् । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र संक्रमणकालको अन्त्य गर्ने प्रतिवद्धताका साथ प्रधानमन्त्री बनेका ओली अल्पमतमा परेपछि संविधान नै असफल पार्ने खेलमा लागेका छन् । तत्कालिन एनेकपा माओवादीको समर्थनमा प्र्रधानमन्त्री ओलीले माओवादीसँग गरेका सहमति कार्यान्वयन नगरेपछि माओवादीले ओलीलाई दिएका समर्थन फिर्ता लिएको थियो । नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका ओलीले मुलुकलाई निकास दिनेतर्फ नलागि आफू प्रधानमन्त्रीबाट हट्नुपर्ने अवस्था आएपछि संविधान असफल पार्ने खेलमा लागेको स्वयं आफैले विहीबार संसदीय दलको बैठकमा बताएका थिए । ‘ममाथि जेजस्ता आरोप लगाएर अविश्वासको प्रस्ताव ल्याइएको छ, त्यसलाई स्वीकार गरेर राजिनामा दिन्न,’ दलको बैठकमा ओलीले भनेका थिए, ‘खेल खेल्न अझै बाँकी छ ।’ सधैं नै माओवादीलाई सत्तोसराप गर्ने ओलीलाई प्रचण्डले नै काँध चढाएर प्रधानमन्त्री बनाएका थिए । प्रचण्डकै काँध चढेर उनैलाई लात्ती हानेपछि प्रधानमन्त्री ओली अहिले गम्भीर संकटमा परेका हुन् । आफू अल्पमतमा परेपछि नैतिकताको आधारमा राजिनामा दिएर ओलीले सहज निकासको बाटो दिनुपर्ने हो । तर आफू अल्पमतमा परेपछि मुलुकलाई बन्धक बनाउने प्रयासमा ओली लागेको खुलासा भएको छ । उनले आफूले जस्तो पनि खेल खेल्न सक्ने संकेत गर्दै नयाँ सरकार बन्ने बाटो नै नरहेको दाबी गरेका छन् । एमालेकै पूर्व प्रधानमन्त्री माधव नेपालले पनि राजिनामा दिएपछि ७ महिनासम्म कामचलाउ प्रधानमन्त्री भएको स्मरण गर्दै ओलीले आफू पनि २०७४ माघ १० गतेसम्म कायमै रहने बताए । अहिले नयाँ सरकार गठनबारे कुनै ब्यवस्था नभएको ओलीको तर्क छ । अहिलेको संविधानमा भएको संक्रमणकाली ब्यवस्थासम्बन्धी धारण २९८को उपधारा २ मा ‘यो सरकार प्रारम्भ हुँदाका बखत ब्यवस्थापिका संसदको अधिवेशन चलिरहेको छ भने संविधान प्रारम्भ भएको मितिले र संविधान नचलेका रहेछ भने धारा २९६ को उपधारा ६ अनुसार आह्वान गरिएको ब्यवस्थापिका संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री हुने’ ब्यवस्था छ । सहमतिको सरकार गठन हुन नसकेमा धारा २९८ कै उपधारा ३ बमोजिम बहुमतको सरकार गठन हुने ब्यवस्था संविधानमा रहेको छ । सरकार विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा पदमुक्त हुने ब्यवस्था संविधानमा उल्लेख गरिए पनि पदमुक्त हुने अवस्थामा सरकार गठन कसरी गर्ने भन्ने उल्लेख नभएका कारण सोही धारामा टेकेर ओलीले किचलो गर्ने र संविधान नै असफल पार्ने खेल थालेका छन् । ओली सहमतिमा अघि नबढेमा २०७४ माघ ७ गतेभित्र सबै निकायका निर्वाचन सम्पन्न हुन सक्दैन । यस्तो अवस्थामा संविधानको औचित्य सकिन्छ । त्यसैले प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिएको आरोप लगाएर संविधान असफल पार्ने खेलमा लागेका छन् । यसअघि माओवादी अध्यक्ष प्रचण्ड आफू प्रधानमन्त्री भएका बेला कटवाल प्रकरणलाई लिएर नैतिकताकै आधामा राजिनामा दिएका थिए । संविधान कार्यान्वयन गर्नुपर्ने ठाउँमा रहेका प्रधानमन्त्री ओलीले केही दिनअघि मात्रै संघीयताको विरुद्धमा आपत्तिजनक अभिब्यक्ति दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE