Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रेममा धोका पाएपछि एसिड प्रहार

काठमाडौं, ट्युृसन पढिरहेकी दुई छात्रा संगीता मगर र सीमा बस्नेतमाथि फागुन १० मा एसिड छ्याप्ने अभियुक्त जीवन विकलाई प्रहरीले शुक्रबार सर्वाजनिक गरेको छ । रामेछाप जिल्ला फुलासी गाविस वार्ड नम्बर ८ घर भइ हाल काठमाडौं टोखामा डेरा गरी बस्ने २० वर्षीय जीवन विक पक्राउ परेका हुन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी प्रहरीले उनलाई सार्वजनिक गरेको हो । उनले ती दुई छात्रालाई एसिड प्रहार गरे लगत्तै फरार भएका थिए । एसिड प्रहार गर्नुको मुख्यकारण प्रेम सम्बन्ध रहेको बुझिएको छ । अभियुक्त विकले आफुमाथि संगीताको परिवारले हेपेका कारण एसिड हान्ने बाध्य भएको बताएको जनाए । अभियुक्तको बयानमा आधारित रही प्रहरीले संचारकर्मीलाई दिएको जानकारी अनुसार विकले संगीता र उनका भाई संतोष मगरलाई पहिला रडले हान्ने योजना बनाएको तर हिन्दी सिरियल हेरेका आधारमा पछि एसिड प्रहार गरेको जनाए । \"एसिडविकलाई पक्राउ गर्न महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमानढोकामा कार्यरत एसपी मीरा चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई टोखा स्थित उनकै डेराबाट पक्राउ गरेको हो । चौधरीको नेतृत्वमा रहेको डिएसपी रमेश थापा,शिशु शर्मा, दिनेश आचार्य वेद विष्ट, प्रहरी निरीक्षक पूर्णिमा चन्द र निरज भट्टको टिमले पक्राउ गरेको हो । विक, संगीता मगरको परिवारले डेरा गरी बस्ने घरमैं डेरागरी बस्ने युवक हुन् । प्रहरीले एसिड हान्नेलाई सार्वजनिक गर्न नसकेको भनेर चर्को आलोचना खेप्दै आएको थियो । अभियुक्तले संगितालाई ०६९ सालदेखि मन पराएको र संगिताले र उनको परिवारले अपमानित गरेका कारण यस्तो घटना घटाउनु परेको बताए । प्रहरीले विकलाइ पत्रकार सम्मेलनमा ल्याए लगत्तै उनी पत्रकार सम्मेलनस्थलमै बेहोस भएका थिए । विक वेहोस भएपछि उनलाई प्रहरीले अस्पताल तर्फ लगेको थियो । बिक बीबीएस प्रथम वर्षका विद्यार्थी हुन् । उनले संगीतालाई ट्युसन पढाउने क्रममा नजिकिएको तथा प्रेम बसेको बताए । उनले आफुले संगितालाई पहिले नै एसिड छ्याप्ने योजना बनाएपनि विभिन्न कारणले त्यो स्थगित गर्नु परेको बताएका थिए । एसिड आक्रमणमा घाइते भएकी संगीता र सीमा बस्नेत अहिले एसएलसीका परिक्षार्थी हुन् । उनीहरु दुवै जनाले बिहीबार अंग्रेजी बिषयको परिक्षा अस्पतालबाटै दिए । संगिताको अवस्था अझैपनि सामान्य हुन नसकेकाले उनले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचाररत गराई रहेकी छन् । उलने आफ्ना सहयोगीमार्फत एसएलसी परीक्षा दिइरहेकी छन् । भने वीर अस्पतालमा उपचाररत सीमाले भने आफैंले परीक्षा दिइरहेकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending