Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

बालक अपहरण गरी फिरौती माग्ने चार जना पक्राउ

\"arrest\"कावासोती, ३० असार । इलाका प्रहरी कार्यालय नवलपुरले बालक अपहरण प्रयास गरी फिरौती रकम माग्ने चारजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले रुपन्देही तिलोत्तमा–३ का २८ वर्षीय खड्कबहादुर सुनार, सोही ठाउँका २२ वर्षीय हेमबहादुर सुनार, नवलपरासी देवचुली नगरपालिका–१ का २० वर्षीय समुयल वराइली र सोही ठाउँका सन्दीप विकलाई पक्राउ गरेको हो । खड्क र हेमबहादुरलाई बुटवलबाट र सन्दीप र समुयललाई देवचुलीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । सुनार दुई दाजुभाइ हुन् । प्रहरी नायब उपरीक्षक थापाले भने – “चारजना पक्राउ भए, बाँकी दुई जनाको खोजी भइरहेको छ ।” उनीहरुले बालक अपहरणमा प्रयोग गरेको ना ३७ प ५४८० नम्बरको रातो पल्सर २२० सिसीको मोटरसाइकल र दुईवटा मोबाइल समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । मोटरसाइकल र मान्छे फरकफरक ठाउँमा पक्राउ परे, उनले भने– “घटना घटेको दुई घन्टामा मोटरसाइकल साटेर हिँडेका रहेछन् ।” गएको फागुन २७ गते विश्वज्योति आवासीय माध्यमिक विद्यालय, प्रगतिनगरमा कक्षा १ मा पढ्ने ७ वर्षीय प्रसिद्ध सापकोटालाई रातो पल्सर मोटरसाइकलमा आएका तीनजनाले अपहरण प्रयास गरेका थिए । वरिपरिका बासिन्दाका कारण बालकलाई उनीहरुले लैजान सकेका थिएनन् । बालक लैजान नसके पनि पटकपटक पैसा दिनुपर्ने नत्र जे पनि हुनसक्ने धम्की दिँदै बालकका बुबा विष्णु सापकोटासँग रकम मोलमोलाई गर्ने व्यक्ति नै पक्राउ परेको इलाका प्रहरी कार्यालय नवलपुर प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । रु एक करोडबाट रकम माग्न थाले पनि रु १० लाखसम्म भए पनि हुने उनीहरुले बताएको विष्णु सापकोटाले बताए । चोरीको मोबाइल प्रयोग गरी उनीहरुले धम्की दिएको प्रहरीले जनाएको छ । मोबाइलबाहेक पनि चैतको पहिलो हप्तासम्म कहिले भैरहवा र कहिले त्रिवेणीबाट फोन गरेर पैसा माग्थे, उनले – “प्रहरीले पक्राउ गरेर राम्रो गरेको छ, धन्यवाद प्रहरीलाई ।” प्रहरीले अपहरणकारीलाई सार्वजनिक गर्दा सापकोटा परिवार पनि उपस्थित थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending