Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

भारतको चाहानामा सरकार परिवर्तन : बिजुक्छें

\"Narayanman-photo-750\"भक्तपुर, २९ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकार परिवर्तन भारतको चाहनामा भएको बताएका छन् । रफत सञ्चार क्लबको आयोजनामा बुधबार भएको साक्षात्तकार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले नेपाली काँग्रेसका सभापति देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतको निर्देशनमा सरकार परिवर्तन गरेको बताए । मुलुकको आवश्यकताले भन्दा पनि भारतको चाहनाअनुसार वर्तमान सरकार परिवर्तन भएको उनको भनाई छ । बिजुक्छेंले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यसले नेपाल र नेपालीको हितमा हुन सक्ने ठानेर भारतले देउवा र प्रचण्डलाई गोटी बनाएको आरोप लगाए । उनले भ्रमणले सम्झौताहरुलाई ओझेलमा पार्ने खेलकै कारण सरकार परिवर्तन भएको भन्दै नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन तर्फ अग्रसर बन्न नसके यसले नेपालीलाई ठूलो बेफाईदा हुने बताए । वर्तमान सभामुख ओनसरी घर्ती निवासमा काँग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्ष र तटस्थता कायम गर्न नसकेको बताए । उनले सभामुखको भूमिकामा समेत प्रश्न उठेको बताए । सरकार परिवर्तनसँगै भुकम्पपिडित, बाढीपहिरोपीडित, मधेशको समस्या समाधानको पाटो र संबिधान कार्यान्वयनको पाटोमा समस्या देखिने उनको भनाई छ । उनले संविधान कार्यान्वयनको पक्षमा राजनीतिक अस्थिरतासँगै नेपालमा बिभिन्न खालका अपराध मौलाउनुका साथै दण्डहिनता बढ्ने बताए । एनले मधेशबादी दलहरु चेस खेलमा सिपाही भएको भन्दै उनीहरुले राजनीतिमा कुटनीतिक सफतला हासिल नगरेको र भारतको गोटी भएको चर्चा गरे । सरकार परिवर्तनसँगै देखिएको नयाँ सरकार गठनको बिषय जटिल रहेको र यसतर्फ संबैधानिक जटिलताहरु समेत रहेकाले सरकार गठनका बिषय त्यती सहज नभएको उनले बताए । ‘अन्य देशमा यस्तो परिस्थितिमा राष्ट्रपतिले पार्टीहरुलाई बहुमत देखाउन आह्रवान गर्ने परम्परा रहेको छ, उनले भने । नेपालको वर्तमान समयमा राष्ट्रपतिको भूमिका समेत अहंम रहने र आप्mना कानुनी सल्लाकारहरुको भूमिकालाई बढाउँदै काम गर्नु पर्नेमा जोड दिए । राष्ट्रपतिलाई कसैले बिबादमा तान्नु नहुने बिजुक्छेंको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending