Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

किन सारिदैछ भक्तपुरमा वीर अस्पताल ?

\"Bir-Hospital\" काठमाडौं, २९ असार । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–१४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको छ । त्यस क्षेत्रको निरीक्षण आज गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जग्गा अस्पतालका लागि उपयुक्त भएकाले यही जग्गामा वीर अस्पताल बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङलाई निर्देशन दिए । मन्त्री पौडेल, उपकुलपति गुरुङ, चिकित्सकहरुको टोलीले त्यसक्षेत्रको अवलोकन गरेको थियो । सरकारले बजेट भाषणमार्फत अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक वीर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक गरेको थियो । काठमाडौंमा रहेको वीर अस्पतालका लागि ठाउँ अभाव भएपछि सरकारले सो अस्पताललाई उपत्यकाका अन्य स्थानमा सार्न विभिन्न ठाउँमा जग्गा खोजी भइरहेको जनाएको थियो । एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रमेश बुढाथोकीको नेतृत्वबमे टोलीले गत असार ९ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाँगुनारायण नगरपालिकामा वीर अस्पताल निर्माणका लागि आवश्यक उपयुक्त जग्गा रहेको जानकारी गराउँदै उक्त जग्गामा अस्पताल बनाउन आग्रहसहितको पत्र बुझाएको बुढाथोकीले जानकारी दिए । जग्गाको निरीक्षण गर्न चाँगु पुग्नुभएका मन्त्री पौडेलसमेतको टोलीलाई आज स्थानीयले स्वागत गर्दै सोही क्षेत्रमा अस्पताल निर्माण गर्नुपर्ने माग राखेका थिए । त्यसअवसरमा मन्त्री पौडेलले भने, ‘वीर अस्पताल निर्माणका लागि नौ स्थानमा जग्गा हेर्दा पनि उपयुक्त लागेन, यो जग्गा अस्पतालका लागि उपयुक्त छ, अस्पतालको नाममा जग्गा ल्याउने पहल आजैबाट सुरु हुन्छ ।’ चाँगुनारायण नगरपालिका क्षेत्रका नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा लगायतका स्थानीय नेता र बासिन्दाले उक्त जग्गामा अस्पताल निर्माण गर्ने निर्णय गर्न मन्त्री पौडेलसँग आग्रह गर्दै स्थानीयले कुनै विवाद नगर्ने बताएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: