Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

वाफ् रे, ऊ वेला बफ मःम नखाकै भए हुने !

‘भाइ यो बाहुनले खान हुन्छ ?’ हैट ! दाजु शुद्ध मैदाको पिठो र तीलको अचारबाट बनेको चिज नी बाहुनले खान नहुने हुन्छ र ? गाउँघरमा हुँदा शहरकाले खुवै धाक लगाऊने मःमको फेला परियो आज । शहर घुम्दै जाँदा न्युरोडको विशाल मःमको थामिनसक्नुको हरर बास्नाले लोभ्याएपछि मःम ओसारिरहेको वेटरलाई सोध्दा त्यसै भन्यो । बफ मःम भनेर लेखेकोमा सोधेँ, के हो यो भन्या चैँ ? ऊसले सत्ययुगदेखिकै जसरी वेलिविस्तार लगायो ‘वाफमा वन्ने हुनाले वाफ भन्दाभन्दै अपभ्रंस भएर कालान्तरमा बफमा झरेको रे दाजु ।’ [caption id=\"attachment_82530\" align=\"alignleft\" width=\"195\"]\"केशवप्रसाद केशवप्रसाद पाण्डे[/caption] अब ढुक्क भइयो । एकैछिनपछि मःम आइपुग्यो । म पनि के कम, अलिकति कोट्याएको त भित्र मासु पो छ त ! थाहा पाऊला र वढी तिर्नुपर्ला भनेर तिलको शुध्द अचार सेचन गरेरै भकाभक खाएर कोठामा लागेँ र पल्लो कोठाका दाजुलाई नसोधीकनै सानले भन्दिएँ, ‘आज त बफ मःम कुप्लाएर आ’को भात खानै मन छैन ।’ बुढाले त सातो पो लिए, भैँसी पो परेछ । लौ जात गयो तेरो, रातभर भैँसीले लखेट्ने भोे ‘आँइ आँइ’ गर्दै ! त्यो रात मलाई याद छैन म निदाएको । डराएरै चिन्तामै वित्यो त्यो रात । चिन्तै चिन्तामा केही दिन गुज्रिए । गाउँमा बाले थाहा पाए भने ? एकमनले भन्थ्यो अब खाइ त सकियो जिब्रोमै झुन्डिने गरी । त्यो वेटरले मःम बिकाउन नामुद फट्याइँ गरिदियो मेरो जिन्दगीमा ! अब टाउकोमा टोपी र सोपीले टुपी छोपेर, जनै कसैले देख्लान्, आफन्त फेला पर्लान् कि भनेर बडो सजगताका साथ मःम पारखी भइयो । जाँदा जाँदा एकदिन त कुनामा अस्ति भागवत् पढ्ने पण्डित पनि पो देख्छु, सेतो मःमका डल्ला चपाचप, ’बाहिर चैँ हल्ला नगरम् है’ भन्दैसँगैको जजमान हैट ! के को जानु जात ! \"momo\"भदौ महिनाको अन्त्यतिर एक दिन रातको नौ वजेसम्म चल्ने मःम हाउस छ वजे नै पो मःम बिहिन सुनसान भइसकेछ । किन यस्तो हो आन्टी भनेको त साहुनी मुस्काउदै बाहुनहरूलाई सोह्रश्राद्ध लागेकोले सबै मःम चाँडै सकियो पो भन्दिइन् । खिन्न मन लिएर मनमा कुरा गम्दा त म जस्ता लुकीलुकी कप्लक्क पार्नेहरु त सर्वस्व पो रै’चन गाँठे ! आजकाल त ढुक्कसँग खुलमखुल्ला खाइन्छ टुपी, दारी पालेका ज्योतिषसँगै बसेरै । केही महिनाअघि ढल्कु नजिकैका भैँसी बधशालाको कहानी आफ्नै आँखाले देखेपछि एक मित्रले मःम नखाने कसम खाएका थिए । आफू नि कहिले त्यही बाटो नाक मुख छोपेर हिँड्ने गरेको त हो तैपनि सन्न्यास चाँही सोचिएन, मनले विश्वास गरे पो । आजकाल समाचारमा मःम बन्ने मासुबारे अनेकौं नकारात्मक समाचार आइरहँदा त भिड घट्यो होला भनेको त मःम केन्द्रहरुमा घटेकै पो रहेनछ । हिजो लैनचौरको एभरेष्ट मःमको भिडमा जाँदा त तिनै मित्र दोस्रो प्लेटको सुरूवातीमा रैछन् । मलाई देखेर मुस्काए, मैले नि कुरिकुरि गरिदिएँ । आजकाल किरा परेका समाचार त मःम पारखी भड्काउन आ जस्तो पो भा’छ । यसो भन्दैमा जनस्वास्थ्यमा गम्भीर लापरबाही त गर्न भएन नि ! दोषीलाई कारवाही होस् । मासु र मःमका पारखीका स्वाद र जीवनलाई दाउमा राख्न पाइँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending