Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

३० दलीय मोर्चाले आन्दोलन गरे अपराध मुद्दा

काठमाडाैं, एमाओवादीले चैत ८ देखि घोषणा गरेको आन्दोलनमा राजधानीको जनजीवन अस्तव्यस्त बनाउने योजना रहेको ठहर गर्दै उच्च सुरक्षा बैठकले ‘लाइफ लाइन’ रोक्नेमाथि भविष्यसम्मै असर पुर्‍याउने गरी कारबाही गर्ने निर्णय गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–‘अति संवेदनशील सुरक्षा अवस्था’ आउनसक्ने भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा चैत २ र ३ गते लगातार बसेको सुरक्षा बैठकले सडक अवरुद्ध गर्ने, तोडफोड गर्ने र आगजनी गर्नेलाई सार्वजनिक अपराधको मुद्दा चलाउन सबै जिल्ला प्रहरी प्रमुख र सीडीओलाई निर्देशन दिने निर्णय पनि गरेको छ। विशेषतः युवा र विद्यार्थीलाई बढी निगरानीमा राख्ने योजना बनाएको सुरक्षा बैठकले पक्राउ परी सार्वजनिक अपराधको मुद्दामा परेका युवाको रेकर्ड राखेर भविष्यमा सरकारी जागिर र विदेश अध्ययनमा जाँदा अनिवार्य हुने प्रहरी रिपोर्टमा समेत उल्लेख गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका सचिव र सहसचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, एआईजीहरू, उपत्यका प्रमुखहरूसमेत सम्‍मिलित बैठकमा राजमार्गमा अवरोध गरी काठमाडौंको जनजीवन अस्तव्यस्त पार्ने प्रयास गर्ने विपक्षीको तयारी सफल हुन नदिन दुवै प्रहरी र जासुसी निकायलाई उच्च सतर्क अवस्थामा राख्‍ने निर्णय पनि गरिएको छ। बैठकले पाँचै विकास क्षेत्रका सुरक्षा प्रमुखबाट विपक्षी आन्दोलनका बेलाको सुरक्षा अवस्थाबारे प्रतिवेदन माग्ने निर्णय गरेको छ। बन्दमा सरकारी कार्यालय नै धम्‍कीका भरमा बन्द गर्ने कार्यक्रम ल्याएको उल्लेख गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले विपक्षीका कार्यक्रमलाई सामान्य रूपमा नलिन बैठकमा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए। उनले बैठकमा भने, ‘कति पक्राउ पर्छन्, अनुमान गर्नुस् र तिनलाई राख्ने ठाउँको पनि व्यवस्था मिलाउनुस्।’ उनले राजमार्गको सुरक्षा विशेष रूपमा मिलाउन र मुख्य व्यक्तिहरूको सुरक्षाव्यवस्थामा गल्ती नगर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री र मन्त्री बहिष्कार, सरकारी कार्यालयमा काम ठप्प पार्ने तथा कर उठाउन रोक्ने कार्यक्रम ल्याएर सरकार असफल बनाउन खोजेको विश्लेषण गर्दै तोडफोड र आगजनी भए पक्राउ गरेर मुद्दै चलाउने नीति बनाइएको हो। गृहसचिव सूर्य सिलवालले भने, ‘गृह मन्त्रालय शान्तिसुरक्षा कायम गर्न जस्तोसुकै कदम चाल्न तयार छ।’ ती कदम के हुन् त ? उनले भने, ‘विगतमा पनि शान्तिसुरक्षा कायम गर्न मन्त्रालयले विभिन्न कदम चालेकै हो। सुरक्षा खलबल्याउने काम हुन दिन्नौं।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending