Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

दुरसंचार उपकरण किन्न सवा ९ अर्ब बिदेसियो

काठमाडौ,  दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुबाट विभिन्न उपकरण आयात र विदेशी मुद्रा सटहीका लागि गत आर्थिक वर्षमा ९ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको छ । कारोबार दैनिकमा खबर छ–दूरसञ्चार सेवा विस्तार गर्न उपकरण आयातमा ६ अर्ब ८५ करोड ५७ लाख र विभिन्न विदेशी कम्पनीलाई ब्यान्डविथमा बुझाउनुपर्ने शुल्कमा २ अर्ब ३९ करोड ८० लाख रुपैयाँ बाहिरिएको हो । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले उपकरण आयातमा ७ कम्पनी र विदेशी मुद्रामा १० कम्पनीले यो सुविधा लिएको जनाएको छ । मोबाइल, टेलिफोन तथा इन्टरनेट सेवाको विस्तार, स्तरोन्नति तथा नयाँ प्रविधि आयातमा बर्सेनि अर्बौं रुपैयाँ विदेशिने गरेको छ । प्राधिकरणले गत वर्ष माइक्रोवेभ फ्रिक्वेन्सीसम्बन्धी उपकरण, रेडियो िफक्वेन्सी उपकरण उपकरण, बीटीएस, सफ्टवेयर, एन्टेनालगायतका दूरसञ्चार सेवाका लागि चाहिने सामग्री आयातको लागि सिफारिस गरेको छ । गत आर्थिक वर्षमा सरकारी स्वमामित्वको नेपाल टेलिकमले ३ अर्ब १६ करोड ९२ लाख र निजी क्षेत्रबाट सञ्चालित एनसेलले ३ अर्ब ७२ लाखका उपकरण आयात गरेका छन् । प्राधिकरण सहप्रवक्ता अच्यूतानन्द मिश्रले सेवा सञ्चालनका लागि आवश्यक उपकरण आयातका लागि प्राधिकरणबाट सिफारिस लिनुपर्ने ब्यवस्था भएको बताए । दुर संचार सेवा संचालनका लागि विदेशी संस्थासँग सम्झौता गर्दा सेवा प्रदायकले आवश्यक पर्ने विदेशी मुद्राका लागि पनि प्राधिकरणबाट स्वीकृति लिनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending