Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

राजेन्द्र महतोले भारतसँग यस्तो सम्झौता गरेको खुलासा

\"spotlight-Rajendra काठमाडौं, २३ असार । नेपाल र भारतबीच व्यापार सन्धि स्वतः नवीकरण हुने भएको छ । सन्धिको समय सात वर्ष थप्ने निष्कर्षमा दुवै देशका पदाधिकारी पुगेका छन् । ११ कात्तिकमा सन्धिको म्याद सकिँदै छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – नेपाल–भारत वाणिज्य सचिवस्तरीय इन्टरगभर्मेन्टल कमिटी (आइजिसीं) बैठकमा दुवै पक्ष सन्धि स्वतः नवीकरणको पक्षमा पुगेका हुन् । भारतको नयाँ दिल्लीमा १५ असारमा बसेको आइजिसी बैठकमा दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीहरूले सन्धि स्वतः नवीकरणको सहमति गरेका हुन् । बैठकमा नेपालबाट वाणिज्यसचिव इन्द्र उपाध्याय र भारतबाट वाणिज्यसचिव रिता टेओटियाले नेतृत्व गरेका थिए । ‘नेपाल–भारत व्यापार सन्धि नवीकरण गर्नेमा भारतीय अधिकारीहरूसँग हाम्रो सहमति भएको छ । अन्य कुनै आकस्मिकता आएनन् भने सन्धि स्वतः नवीकरण हुनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैँजूले भने, ‘भारत र हाम्रोबीचमा एकखालको समझदारी नै भएको छ । भारतीय पक्ष सकारात्मक छन् ।’ सन्धिको दफा १२ को उपदफा २ मा कुनै देशले तीन महिनाअघिसम्म लिखित प्रस्ताव नगरे सन्धि स्वतः नवीकरण हुने उल्लेख छ । नवीकरणपछि २७ अक्टोबर ०२३ सम्म व्यापार सन्धि रहनेछ । प्रजातन्त्र पुर्नस्थापनासँगै ६ डिसेम्बर १९९१ मा नेपाल र भारतबीच व्यापार सन्धि भएको थियो । सन्धिमा तत्कालीन वाणिज्यमन्त्री गोपालमान श्रेष्ठ र भारतका तत्कालीन वाणिज्य राज्यमन्त्री पी चिदम्बरमले हस्ताक्षर गरेका थिए । पछिल्लोपटक सन्धि २७ अक्टोबर २००९ मा नवीकरण भएको थियो । नवीकरण गरिएको सन्धिमा नेपालका तर्फबाट तत्कालीन वाणिज्यमन्त्री राजेन्द्र महतो र भारतबाट तत्कालीन वाणिज्यमन्त्री आनन्द शर्माले हस्ताक्षर गरेका थिए । सन्धि सच्याउनुपर्ने पक्षमा रहे पनि राजनीतिक सम्बन्धमा सुदृढ नभइसकेका वेला नवीकरण गर्ने विकल्प नै नेपालको हितमा हुने सम्बद्ध अधिकारीहरूको निष्कर्ष छ । त्यही आधारमा नेपाली पक्षले स्वतः नवीकरणका विषयमा छलफल गर्दा भारतीय पक्षले सहमति जनाएका छन् । ‘हाम्रा विषयहरू पछि छलफल गर्दै जाउँला, तर अहिले स्वतः नवीकरण गरौँ भन्नेमा पुगेका छौँ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘अब स्वतः नवीकरण हुनेमा हामी विश्वस्त छौँ ।’ नयाँ संविधान जारी भएसँगै भारतले लगाएको अघोषित नाकाबन्दीपछि व्यापार सन्धि के होला भन्ने आशंका थियो । ‘नाकाबन्दीपछि के होला भन्ने अन्योल थियो, सम्भवतः त्यो तनाब अब रहनेछैन,’ परराष्ट्रका अधिकारीले भने । व्यापार सन्धिअनुसार नेपाल र भारतबीच २७ व्यापारिक रुट कार्यान्वयनमा छन् । सन् १९९७ मा दुई देशबीच फूलबारी नाका नेपालले प्रयोग गर्न पाउने विषयमा सहमति भएको थियो । नेपाल–भारत व्यापारिक रुट
  • पशुपतिनगर–सुखिया पोखरी
  • काँकडभिट्टा–नक्सलबारी
  • भद्रपुर–गल्गलिया
  • विराटनगर–जोगबनी
  • सेतोबन्धा–भीमनगर
  • राजविराज–कुनौली
  • जनकपुर–जयनगर
  • जलेश्वर–भिटामोड
  • मलंगवा–सोनबर्सा
  • गौर–बैरगनिया
  • वीरगन्ज–रक्सौल
  • भैरहवा–नौतनवा
  • तौलिहवा–खुनवा
  • कृष्णनगर–बरहनी
  • कोइलाबास–जरवा
  • नेपालगन्ज–नेपालगन्जरोड
  • राजापुर–कतरनियाघाट
  • पृथ्वीपुर (कैलाली)–टिकोनिया
  • धनगढी–गौरीफन्टा
  • महेन्द्रनगर–बनबासा
  • महाकाली–झुलाघाट (पिथोरागढ)महेशपुर (नवलपरासी)–ठुटीबारी
  • अन्तराष्ट्रिय विमानस्थलको कनेक्टिभिटी (काठमाडौंबाट दिल्ली, मुम्बई, कोलकता, चेन्नई)
  • सिक्टा–विश्वबजार
  • लौखा–ठाडी
  • गुलेरिया–मुर्तिया
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending