Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कोइरालालाई किन दिइएको थियो ‘सिलिपिङ टयाबलेट’ ?

\"06072016091129Shasank_Koirala-(2)-1000x0\" काठमाडौं, २३ असार । मंगलबार बेलुका ८ बजे ओम अस्पताल पुग्दा कांग्रेस महामन्त्री डा. सशांक कोइराला सामान्य अवस्थामै थिए । सँगै रहेका सहयोगी भरत तिवारीका अनुसार पेटमा खराबी भएका कारण अस्पताल लगिएको थियो । उनी बस्ने टोखाबाट अस्पताल आउन करिब ४० मिनेट लाग्छ । सवा ७ बजेतिरै शशांक निवासबाट निस्किएका थिए । चिकित्सकले सामान्य चेकअप गरी भर्ना गरे । ‘अस्पताल आउँदा केही भएजस्तो थिएन, सामान्य अवस्थामै हुनुहुन्थ्यो । पेटको सामान्य खराबी भएर ल्याइएको थियो । बुधबार विस्तृत जाँच गरेर टोखा फर्कने योजना बनाएका थियौं,’ तिवारीले कान्तिपुरसँग भने, ‘सामान्य अवस्थामा भएकैले चिकित्सकले बेलुका विस्तृत जाँच नगरी भोलिपल्ट बिहान गर्ने योजना बनाएका थिए ।’ आजको कान्तिपुर दैनिकमा खबर छ – भर्ना भएका कोइराला आईसीयूकै प्राइभेट कोठामा बसेका थिए । ‘बेलुका भोक लागेर पिजा खाने भन्नुभयो । पिजा ल्याएर दियौं, त्यसपछि एक गिलास जुस पनि खानुभयो,’ तिवारीले भने । कोइरालासँग केही चिकित्सक र सहयोगी राति १ बजेसम्म कुराकानी गरेर बसेका थिए । त्यतिबेलासम्म उनलाई केही भएको थिएन । अस्पतालमा निदाउन गाह्रो होला भनेर सुत्ने बेलामा ‘सिलिपिङ टयाबलेट’ दिइएको थियो । त्यसपछि उनी निदाए । ‘म आफैं पनि राति एक–दुई पटक उठेर हेरें, घुर्दै सुतेको देखें । घुर्ने उहाँको बानी नै थियो, मस्तसँग निदाउनु भएको छ भन्ठानें,’ सँगै रहेका तिवारीले भने । उनका अनुसार सबै निद्रामा रहेका बेला बिहान साढे ५ बजे मात्रै नर्स कोइरालाको अवस्था बुझ्न आएकी थिइन् । त्यतिबेला कोइराला अचेत भइसकेका थिए । नर्सले चिकित्सकहरूलाई खबर गरिन् । कोइरालाले बान्तासमेत गरेका थिए । तर, कति बजेतिर बान्ता गरे कसैलाई थाहा भएन । तिवारीको अनुमानमा बिहान ३ बजेतिर बान्ता भएको हुन सक्छ । कोइरालाको स्वास्थ्यस्थिति बुझ्न बिहान साढे ५ बजेमात्रै नर्स पुगेको पुष्टि स्वयंं अस्पतालको पहिलो विज्ञप्तिले गरेको छ । राति किन अस्पतालबाट केयर गरिएन भन्ने प्रश्न नेता तथा कार्यकर्ताले गरेका छन् । जवाफ अस्पतालले समेत दिन सकेको छैन । कोइरालाको अवस्था गम्भीर भएर भेन्टिलेटरमा राखिएपछि मात्रै पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूलाई खबर गरिएको थियो । लगत्तै नेताहरू अस्पताल पुगेका थिए । सभापति देउवाले तत्काल भारत लैजाने तयारी गर्न अस्पतालसँग आग्रह गरे । उनले भारतका केही चिकित्सकसँग फोनमार्फत सल्लाह पनि गरे । अस्पतालका प्रवक्ता लव जोशीले अस्पतालबाट विमानस्थलसम्म समेत लैजाने अवस्था नरहेको सञ्चारकर्मीसँग बताएका थिए । ‘यहाँबाट विमानस्थल र दिल्ली विमानस्थलबाट अस्पतालसम्म लैजान सकिने अवस्था भयो भने एयर एम्बुलेन्सबाट लैजान सकिन्छ, यो विकल्पलाई हामीले खुला राखेका छौं,’ उनले भने । जोशीका अनुसार कोइराला–पत्नी डा. सुपात्राले भारतमा हुनेजस्तै उपचार पद्धति भएकाले ओममै राखेर उपचार गर्न आग्रह गरेकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending