Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

ग्यासको भण्डारण क्षमता बढाउन निर्देशन

\"Ganeshman-Pun\"काठमाडौँ, २१ असार । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कम्तीमा तीन महिनाका लागि पुग्ने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको चार घन्टा लामो बैठकमा आपूर्तिमन्त्री गणेशमान पुनसहितसँगको छलफलपछि सो निर्देशन दिइएको हो । सो विषयमा समितिले सोमबार पनि छलफल गरेको थियो ।

समितिका सभापति भीष्मराज आङ्देम्बेले जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका विषयमा सांसद र समितिलाई धेरै गुनासो तथा उजुरी आएकाले आपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताउँदै सो निर्णय सुनाए।

समितिले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य समायोजन प्रणाली लागू गर्न, मूल्य स्थिरकरण कोष खडा गर्न, ग्यासका सिलिन्डर पड्किएका घटनाबारे छानबिन गरी कडा कारबाही गर्न पनि निर्देशन दिएको छ । बैठकमा यसअघिका निर्णय कार्यान्वयन नभएको, समितिलाई त्यसबारे लिखित जानकारी नदिएको भन्दै आपूर्तिमन्त्री पुनसँग जवाफ मागिएको थियो ।

मन्त्री पुनले समिति र मन्त्रालयबीच केही सञ्चार असमन्वय भएको स्वीकार्दै आगामी दिनमा सुधार्ने प्रतिबद्धता व्यक्त गर्दै सामान्य र असामान्य अवस्थामा पेट्रोलियम पदार्थ आपूर्तिको दीर्घकालीन वैकल्पिक व्यवस्थापनको रणनीति तयार गर्न संसद्ले पनि बाटो देखाउनुपर्ने आग्रह गर्नुभयो । पछिल्ला दिनमा मुग्लिन–नारायण सडकखण्डमा पहिरोको बहानामा आपूर्ति असहजता आउनुपर्ने कारण नरहेको स्पष्ट गर्दै मन्त्री पुनले अन्यत्र मार्ग (रि रुट) गरेर पनि पेट्रोलियम पदार्थ ल्याउन सकिने बताए ।

सांसदले समितिको निर्देशनलाई चियाको गफसरह ठानेको तथा सरकारले ढिलासुस्ती गरेको भन्ने टिप्पणीमा जवाफ दिँदै उनले भने, “सरकार सिरक ओढेर सुतीबसेको छैन । आपूर्ति सहजताका लागि विभिन्न कार्यदल बनाएर काम गरिरहेको छ । अनुगमनका क्रमलाई पनि निरन्तरता दिएको छ ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: