Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

प्रधानमन्त्री ओली र प्रचण्डबीच एक घण्टा लामो भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार एक घण्टा लामो भेटवार्ता भएको छ । ओली नेतृत्वको सरकारप्रति माओवादी असन्तुष्ट भएर विकल्प खोज्ने चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

\"Prachand-Oli\"बिहान १० बजे ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका प्रचण्ड करिब एक घण्टापछि त्यहाँबाट बाहिरिएका थिए ।

यति लामो भेटमा प्रचण्ड र ओलीबीच के कुराकानी भयो त ? खबरडबलीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘बजेट पारित गर्ने तथा सरकारका काम कारबाहीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।’

अध्यक्ष प्रचण्डको सचिवालयले पनि भेटवार्तामा दुई महिनाअघि भएको नौबुँदे सहमति कार्यान्वयन र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे कुराकानी भएको जानकारी दियो ।

बालुवाटारमा प्रवेश गर्नासाथ प्रचण्डले राष्ट्रिय सरकार गठनको आवश्यकता र त्यस सम्बन्धमा आफ्नो पार्टीले गरेका निर्णयबारे ओलीलाई जानकारी गराएका थिए । ओलीले आफू पनि त्यसकै पक्षमा रहेको भन्दै आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतीको स्वरुप दिन आग्रह गरेका थिए ।

आफ्नो सरकारको चाबी प्रचण्डको हातमा रहेको राम्रोसँग बुझेका ओलीले राष्ट्रिय सहमति जुटेमा आफू बाधक नबन्ने प्रष्ट पारेको स्रोतले बतायो ।

केही दिनअघि माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, एमालेका नेताहरु र मधेस केन्द्रित दलहरुसँगको गोप्य छलफललाई तिव्रता दिएका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: