Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

पहिरोका कारण लमजुङका १२ घर विस्थापित

\"lamjung_district\"लमजुङ, असार १७ । तीनदिन देखि लगातार भएको बर्षाका कारण लमजुङको पुर्वी फलेनीको एक बस्तीका १२ घर विस्थापित भएका छन्।

वर्षाका कारण पहिरो बढ्दै गएपछि विकट फलेनी गाविस वडा नं ४, तल्लो माझखर्क गाउँका १२ घर परिवार जोखिममा परेकाले विस्थापित भएका हुन्। बुधबारदेखि भएको वर्षा अझै नरोकिएकाले पहिरो पनि निरन्तर बगिरहेको उनले बताए ।

उक्त पहिरोले बस्ती समेत बगाउन सक्ने जोखिम बढ्दै गएकाले स्थानीयबासी त्रसित बनेका स्थानीय कोषबहादुर गुरुङले बताए। बस्तीको माथिल्लो भागमा पर्ने गाविस कार्यालय जोड्ने सडकबाट पहिरो वगिरहेको गुरूङको भनाइ छ ।

पहिरोले त्रसित गाउँलेहरु अहिले सँगैको ५ नम्बर वडास्थित माझखर्कका आफन्तको घरहरुमा सरेर बसेको बताईएको छ । माझखर्कका रामचन्द्र, तेजबहादुर, जंगबहादुर, दमबहादुर गुरुङ, पूर्णबहादुर, बुधमान, लक्ष्मण, चेतबहादुर, दिरबहादुर, शंखबहादुर, बिलबहादुर, सोमबहादुर र रामचन्द्र गुरुङको घर बढी जोखिममा परेकाले गाउँ छाडेर आफन्तको घरमा वस्न थालेको कोषबहादुर बताउँछन्।

करिब ३ सय मिटर क्षेत्रफलमा गएको पहिरोमा ७० मीटर धाँजा फाटोको र निकै जोखिमपूर्ण अवस्थामा रहेको पहिरोको प्रत्यक्ष अवलोकन गरि फकिएका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।

पौडेलको नेतृत्वमा भू–संरक्षण कार्यालयका अधिकृत प्रलेश बस्नेत लगायतको एक समूहले बिहीबार पहिरोको निरीक्षण गरेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताए।

टोलीले १२ घरपरिवारका ७० जना मानिस, गाई, भैंसी, गोरु, बाख्रा लगायतका ३ सय पशुपंक्षीहरु समेत प्रभावित भएको र जतिसक्दो छिटो सुरक्षित स्थानमा स्थानन्तरण गुर्नपर्ने सुझाव सहितको प्रतिवेदन बुझाएको छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: