Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

उपेक्षमा पर्दै आयुर्वेदिक औषधालय

\"aayurbedicधनकुटा, १७ असार । वि.स. १९८६ सालमा धनकुटा सदरमुकामा स्थापित कोशी अञ्चल आयुर्वेदिक औषधालयमा बिरामीका चाप दिनानुदिन घद्दो अवस्थामा रहेका छन । स्थापना कालको लामो समयसम्म कोशी अञ्चलका सबै जिल्ला र मेची अञ्चलको ताप्लेजुङ जिल्लासम्मका बिरामीको भीड हुने औषधालय आजकाल सुनसान बन्न थालको छ । अञ्चल आयुर्वेदिक औषधालयमा पर्याप्त औषधि र उपकरण अभावमा विरामीले भरपर्दो सेवा पाउन नसकेका कारण विरामीको चापमा कमि आएको हो । पहिले–पहिले बिरामीको चाप थेगिनसक्नु हुने औषधालयमा अहिले मुस्किलले दैनिक १० देखि १५ जना बिरामी आउने गरेका छन् । आर्युवेद उपचारको प्रभाब ढिलो हुने भएकाले बढ्दो आधुनिकतासँगै आयुर्वेदिक क्षेत्रमा मानिसको मोह घटेसँगै यस्ता आयुर्वेदिक औषधालय धरापमा पर्ने गरेका छन । कोशी अञ्चल औषधालयमा आएका बिरामी प्राय गरी पेटको रोगी, बाथका रोगी आउने गरेको निमित्त प्रमुख कबिराज चन्द्र केलाल कर्ण ले बताए । कोशी अञ्चल आयुर्वेदिक औषधालय नाम मात्रै रहेको र अधिकार जिल्लाको रहेको निमित्त प्रमुख कर्णले बताए । उनले भने जिल्लामा भन्दा दरबन्दी पनि कम रहेको छ । जिल्लामा सात ओटा दरबन्दी हुन्छ तर अञ्चलमा छ ओटा मात्रै छ । आयुर्वेदिक उपचारको लागि ८५ किसिमको औषधिमध्ये लगभग ४० किसिमको औषधि सरकारले उपलब्ध गराउने गरेको र केही औषधि औषधालयले पनि बनाउने गरेको निमित्त प्रमुख कबिराज कर्णले बताए । आयुर्वेदिक औषधालयमा सबैभन्दा बढि धनकुटा बिरामी आउने गरेका र त्यसपछि संखुवासभा, भोजपुर, पाँचथर, सुनसरी, झापा, सिराहाका बिरामी आउने गरेका निमित्त प्रमुख कर्णले जानकारी दिए । निमित्त प्रमुख कर्णका अनुसार औषधालयमा केही मात्रामा संरचना रहेपनि अभाव रहेको छ । औषधालयले धनकुटाको छिन्ताङ गाविसमा पनि शाखा सञ्चालन गरेको जनाएको छ । निम्न आयस्रोत भएका बिरामीको सहजै पहुचँ पुग्ने तथा नि ःशुल्क उपचार हुने यस्ता औषधालयको महत्व र यसको प्रभावको बारेमा प्रचारप्रसार गरि जनस्तर पुर्याउन सम्बन्धित निकायले बेलैमा सोच्नु जरुरी छ । नत्र यस्ता औषधालय इतिहासमा मात्रैै सिमित हुने देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: