Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

‘टोले गुण्डा’ जसवन्तलाई पनि कांग्रेसको साथ !

\"crime-660x330\"काठमाडौं, १० असार। विभिन्न राजनीतिक दलको संरक्षणमा काठमाडौंमा गुण्डागर्दी गर्दै आएका डनहरु एकपछि अर्को प्रहरी इन्काउन्टरमा मारिएपछि ब्यापारीहरु उनीहरुको ज्यादतीबाट मुक्त भए । टोलटोलमा दुःख दिने र हप्ते उठाउँदै दुःख दिने चर्चित डनहरु प्रहरी इन्काउन्टमा मारिएपछि ठूलो राहत भए पनि साना टोले गुण्डाहरु उत्तिकै मौलाएका छन् । टोले गुण्डाहरुको ज्यादतिपछि प्रहरीले उजुरीका आधारमा विहीबार विजुलीबजारबाट काठमाडौं बाफल बस्ने गुण्डा नाइके ३० वर्षीय जसवन्त राई भन्ने अश्विनकुमारलाई पक्राउ गरेको छ । पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै रड प्रहार गरेपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ । गुण्डा नाइकेहरुलाई संरक्षण गर्दै आएका कांग्रेस नेताहरुले राईलाई पनि संरक्ष्ण गरेको प्रहरीको दाबी छ । काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परि प्रमाण र पीडितको किटानी जाहेरीसहित मुद्दा बुझाएका अभियुक्तलाई कांग्रेसकै दबाबमा बारंबार छुट्दै आएका छन् । विहीबार गोली हानेर पक्राउ गरिएका राइ यसअघि दुई दुई पटक पक्राउ पर्दैै छुट्दै आएका थिए । राई गत साउन ८ मा ड्रिम गेष्ट हाउसका संचालक छेसाङ वाईवा समेतलाई खुकरी प्रहार गरेको ज्यानमार्ने उद्योग मुद्दामा फरार थिए । राईलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई वर्षअघि दुई हजार र पाँच हजार धरौटीमा छोडिदिएको थियो । राईले कंलकी, कालिमाटी र कुलेश्वर, बाफल, सामाखुसी, बालाजु लगायतका क्षेत्रमा गुण्डागर्दी गर्ने समाजमा आतंक मच्चाउने तथा हप्ते असुली गर्ने गरेको प्रहरीको दाबी छ । पछिल्लो समय गुण्डा नाइके कुमार श्रेष्ठ घैटे प्रहरी मुठभेडमा मारिएपछि फरार रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा काम गर्दै आएका राईको समुहलाई नेपाली काँग्रेसका केन्द्रीय नेताको सर्मथन रहँदै आएको प्रहरी स्रोतको दाबी छ । प्रहरी इन्काउटरमा मारिएका घैंटेको पक्षमा बोल्दा कांग्रस युवा नेता गगन थापा पनि निकै आलोचित भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE