Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

छोराले अन्तरजातीय बिहे गरेपछि बाबुलाई लगाइयो जुत्ताको माला

\"Juttaपर्सा । छोराले अन्तरजातिय बिबाहा गरेको भन्दै गाँउका मुखिया एवम् पूर्व गाविस अध्यक्षसहितका अगुवाहरुले बाबुलाई जुत्ताको माला लगाएर गाँउ घुमाएका छन् ।

बुधबार वीरगन्ज उपमहानगरपालिका–२१ भवानीपुरका ६४ वर्षीय शिवपुजन साह तेलीलाई गाँउका मुखिया र अगुवाहरुले जुत्ताको माला लगाएर गाँउ घुमाएका हुन् ।

उनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रविना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए । बुधबार बिहान गाउँमै पञ्चायती अर्थात सर्वपक्षीय छलफल गरी उनलाई जुत्ताको माला लगाएर गाँउ घुमाउने निर्णय गरेका थिए ।

पञ्चायतको निर्णयानुसार गाउँका मुखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाइदिन गाँउका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए ।

मुखियाको आदेशमा शिवपुजनको घाँटीमा चौकीदार पासवानले जुत्ताको माला लगाइदिए । त्यसपछि मुखियाहरुको अगुवाइमै गाँउलेहरुले शिवपुजनलाई गाँउ परिक्रमा गराएका थिए ।

जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराउने क्रममा मुखिया र गाउँका अगुवाहरुले शिवपुजनलाई कुटपिट पनि गरेको पीडितका काहिँला छोरा नानक चन्द साह तेलीले बताए ।

भवानीपुर गाँउमा पटेल जातिको बाहुल्यता रहेको छ । दुव्र्यबहार पछिपनि पीडित शिवपुजनले डरले प्रहरीमा उजुरी दिन मानेका थिएनन् । तर उनका छोरा नानक चन्दले खबर गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरले बुधबार बेलुकी नै मुखियाहरु शिवशंकर, ब्रम्हदेव र चौकीदार हजरालाई पक्राउ गरेको छ ।उजुरीका आधारमा प्रहरीले तीनैजनाविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

बिहीबार तीनैजनालाई जिल्ला प्रशासन कार्यालय पर्सामा हाजिर गराएर अनुसन्धानका लागि सात दिनको म्याद थप गराइएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE