Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

वैद्य पनि विप्लव जस्तै सशस्त्र जनयुद्धमा जाने, पार्टीलाई भूमिगत संरचनामा लैजानुपर्ने प्रस्ताव

\"baidhya_vela काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले फौजी कार्यदिशा अघि सारेका छन् । काठमाडौंमा मंगलबारदेखि शुरु भएको क्रान्तिकारी माओवादीको राष्ट्यि भेलामा वैद्यले फौजी कार्यदिशालाई राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरेका छन् । पुनारो बानेश्वरस्थित ओमसाई पार्टी प्यालेसमा मंगलबार विहानदेखि शुरु भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमा तत्काल जनसेना निर्माण गर्ने अवधारण अघि सारेको भेलामा सहभागी एक प्रतिनिधिले बताए । उनका अनुसार नेपाली क्रान्तिको कडी नै फौजी कार्यदिशा नै भएको भन्दै वैद्यले नेपाली विशेषतामा आधारित सशस्त्र जनयुद्ध नै हुने कुरा नेकपा एकीकृतसँगको एकताको बेलामा नै उल्लेख गरिएको पनि उनले प्रष्ट्याएका छन् । वैद्यले आफ्नो प्रतिवेदनमा पार्टी, जनसेना र संयुक्त मोर्चा बनाएर लैजाने प्रस्ताव अघि सारेका छन् । उनले पार्टीलाई भूमिगत संरचनामा लैजानुपर्ने पनि प्रस्ताव गरेका छन् । पार्टीको कार्यदिशामा बहस गरौं भन्दै वैद्यले पार्टीको कार्यदिशाका बारेमा पनि पार्टीभित्र गम्भीर छलफल चलाउनुपर्ने प्रस्ताव गरेका छन् ।

कार्यदिशाबारे बहस

कार्यदिशाबारे बहस खुला गरौं र कार्यदिशालाई अब गरौं, वैद्यले भनेका छन् । ७ सय प्रतिनिधिहरुको उपस्थिति रहेको नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता सीपी गजुरेलले बताए । विहानदेखि ९ बजेदेखि नै बन्दसत्र शुरु गरिने भनिए पनि बन्दसत्रका एजेण्डा तथा पार्टी संगठन कस्तो बनाउने भन्नेबारेमा निर्णय गर्न केन्द्रीय समिति बैठक बसेकाले बन्द सत्र झण्डै तीन घण्टा ढिला गरी शुरु भएको थियो । बन्दसत्र शुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले पार्टीलाई तत्कालै फौजी ढंगले अघि बढाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए । संगठन ब्युरो खारेज क्रान्तिकारी माओवादीले पार्टीको संगठन ब्युरो खारेज गर्ने निर्णय गरेको छ । बन्दसत्र शुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले संगठन ब्युुरो खारेज गर्ने निर्णय गरेको हो । संगठन ब्युरो खारेज गर्ने प्रस्ताव मात्रै रहेको तर पारित भएको पार्टी प्रवक्ता सीपी गजुरेलले बताए । संगठन ब्युरो खारेज गरी सानो चुस्त कार्यालय बनाउने वैठकले निर्णय गरेको क्रान्तिकारी माओवादीले जनाएको छ ।

यो पनि पढ्नुहोस् 

सबैभन्दा पुराना वैद्य माओवादीको भेलामा सबैभन्दा नयाँ अनुहार

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE