Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

नयाँ शक्तिद्वारा एसएलसीमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

\"IMG_20160620_135701\"भैरहवा । नयाँ शक्ति नेपाल रुपन्देहीले २०७२ सालको एसएलसी परीक्षामा रुपन्देही जिल्लाका सामुदायिक विद्यालयबाट सहभागी भई ए प्लस अर्थात ३.६ ग्रेड प्वाइन्ट भन्दा माथि जिपिए ल्याई उत्तीर्ण हुन सफल भएका विद्याथीहरुलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच नयाँ शक्ति नेपाल रुपन्देहीले सुनगाभा पब्लिक स्कूल सैनामैना रुपन्देहीबाट ४ जिपिएका साथ नेपाल प्रथम हुन सफल समिक्षा सुवेदी र अक्सफोर्ड उच्च मावि बुटवलबाट ३.९५ जिपिएका साथ छात्र तर्फ नेपाल प्रथम हुन सफल अमृत पाण्डे सहित विभिन्न विद्यालयका करिब ५० विद्यार्थीहरुलाई भैरहवामा सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीहरु मध्ये नेपाल प्रथम सुवेदीलाई नयाँशक्ति पार्टीको सुनको लोगो अंकित मेडल र प्रमाण पत्र सहित फुलमालाले सम्मान गरिएको थियो भने छात्र तर्फ नेपाल प्रथमहुन सफल पाण्डेलाई नयाँशक्ति पार्टीको चाँदीको लोगो अंकित मेडल र प्रमाणपत्र सहित फुलमालाले सम्मान गरिएको थियो । अन्य सम्पूर्ण ए प्लस नतिजा ल्याउन सफल सम्मानित विद्यार्थीहरुलाई प्रमाणपत्र र खादा ओडाई सम्मान गरिएको थियो भने कार्यक्रममा उपस्थित विद्यार्थीहरुका अभिभावकहरुलाई समेत अविर र खादाले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल प्रथम हुन सफल समीक्षा सुवेदीका पिता तेजनारायण सुवेदीले आफु एउटा मध्यम वर्गको परिवार भएको बताउँदै शिक्षामा प्रगति गर्नको लागि आर्थिक हिसावले सम्पन्न परिवारको आवस्यकता नरहने बताए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्याथीहरुलाई आफ्नो रोजाइ अनुसारको विषय अध्ययन गरी देशको विकासमा लाग्नु पर्ने कुरामा जोड दिनुभयो । त्यसै गरी नयाँ शक्ति नेपालका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश न.५ का संयोजक बामदेव क्षेत्रीले प्राय जसो देशका दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढेकोले त्यसलाई चिरी अहिलेका विद्याथीहरु देशमै उच्च शिक्षा हासिल गरी आर्थिक समृद्धि र विकासमा लाग्नुपर्ने बताए । नयाँ शक्ति नेपाल रुपन्देहीका संयोजक देवेन्द्र पाण्डे सागरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, पार्टीका केन्द्रीय परिषद सदस्य तथा रुपन्देहीका इन्चार्ज यज्ञ पोखरेल, नयाँ शक्ति युवा अभियानका जिल्ला अध्यक्ष पंकज राई, नयाँशक्ति नेपाल सिद्धार्थनगर संयोजक संजय बजिमय लगायतको समेत आतिथ्यता रहेको थियो । पार्टीका जिल्ला कार्यालय सचिव वाई.पी.आचार्यको स्वागत मन्तव्य तथा पत्रकार माधब न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE