Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

कर्णालीमा खाद्यान्नको चरम संकटप्रति ध्यानाकर्षण

\"sambidhansava\"काठमाडौं । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा धारणा राख्ने सांसदले अफगानिस्तानको काबुलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै घाइते नेपालीको स्वास्थ्योपचार गराउन र शव मुलुक ल्याउनेतर्फ तत्काल पहल गर्न आग्रह गरे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइरहेको अवस्थामा सरकारका मन्त्रीहरुले नै त्यसविरुद्ध बोल्दै हिँडेकोप्रति आपत्ति जनाउँदै उहाँहरुले भूकम्पपीडितले हालसम्म पनि राहत पाउन नसक्नाको कारण सदनलाई जानकारी गराउन आग्रह गरे । यस्तै केही सांसदले भने भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण नेकपा ९एमाले०को कार्यकर्ता भर्ती गर्ने एनजिओ हो कि भूकम्प प्रभावित जनतालाई राहत प्रदान गर्ने निकाय हो भनी प्रश्न गरे । कर्णाली अञ्चलमा खाद्यान्नको चरम सङ्कट उत्पन्न भए पनि खाद्यान्न आपूर्ति गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै सुरक्षा निकायलाई ढुवानीको व्यवस्था गर्नुपर्नेमा उनीहरुले जोड दिए । यसरी धारणा राख्नेमा राज्यलक्ष्मी श्रेष्ठ ९काठमाडौ र नुवाकोट०, रामअवतार पासवान, रामवीर मानन्धर, रामहरि सुवेदी, रामहरि खतिवडा, रामेश्वर फुयाँल, विदुरप्रसाद सापकोटा, रीता शाहीलगायत थिए । मधेसी मोर्चाद्वारा सदनको बै्रठक बहिस्कार तराई– मधेस सद्भावना पार्टीका महेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट तराई पार्टी लगायतले विगतदेखि उठाउँदै आएका माग सम्बोधन गर्न सभामुखको ध्यानाकर्षण गराए । उनले सर्लाहीमा महिला हिंसाको घटना बढिरहेको भए पनि स्थानीय प्रशासनले ध्यान नदिएको भन्दै गुनासो गरे । महिला हिंसालाई प्रश्रय दिने स्थानीय प्रशासनलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । सरकारले मधेसी मोर्चासँग वार्ता गर्नेतर्फ कुनै ध्यान नदिएको र विरोधी समूहलाई विश्वासमा लिनेतर्फ कुनै पहल नगरेकामा गुनासो गर्दै मोर्चासँग यसअघि भएको आठबुँदे सहमति लगायत विभिन्न सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । उनको सो कथनसँगै मधेसी मोर्चासँग सम्बद्ध दलहरुले सदनको बैठक बहिष्कार गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE