Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नेपालको चित्रकारितामा मौलिक प्रयोगको खाँचो

\"DMB_1383-750\" काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नेपाली व्यवसायिक कलाकारहरुलाई लक्षित गरेर कला कार्यशालाको आयोजना गरेको छ । सो कार्यशालाको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले एक समारोहका बीच उद्घाटन गरिन् । उद्घाटनपछि बोल्दै प्रमुख अतिथी उपाध्यायले नेपाली व्यवसायिक कलाले कुनै समय निकै गति लिए पनि अहिले निकै सुस्ताएको अनुभव गरि यो कार्यक्रमको आयोजना गरिएको बताइन् । बंगलादेश भारतका साथै अन्यत्र पनि व्यवासायिक कलाकारले ललितकलामा निकै राम्रो दख्खल दिन सकेको आफुले देखेको उनले बताइन् । उनले पाकिस्तान जादाँ त्यहाँका व्यवसायिक कलाकारहरुले निकै लोभ लाग्दा कलाकृतिकरु कार्यशालामा बनाएर बिक्री गरेको देखेर प्रभावित भएर नेपालमा पनि यस प्रकारको कार्यशाला गर्ने मनासय राखेकोे बताउदै ढिलै भए पनि यो कार्यशाला गर्न पाउँदा खुसी लागेको बताइन् । \"DSC_1926-750\" कार्यक्रममा प्राज्ञ नारदमणी हार्तमछालीले आफ्नो विभागबाट पनि व्यवसायिक कलालाई प्रवद्धन गर्ने जमर्को गरिरहेको बताए । आगामी दिनमा विभागीय कार्यक्रमभित्रै यस खालको कार्यक्रमलाई समावेश गरिने पनि उनले जानकारी दिए । प्राज्ञ रामपुजन ठाकुरले कुलपतिको प्रत्यक्ष संलग्तामा रस प्रकारको कार्यक्रम आयोजना गरिनु अति राम्रो भएको बताए । समयाभावका कारण चाहे जति व्यवस्थापन गर्न नसकिए पनि कार्यक्रमले कला क्षेत्रमा नयाँ तरङ्ग ल्याउनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल कमर्श क्याम्पसमा सहायक क्याम्पस प्रमुख भरत राईले पनि सो अवसरमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका सभापति लालकाजी लामाले एसियाली देशहरु बंगलादेश, पाकिस्तान, भारत लगायतका देशमा व्यवसायिक कलाले निकै फड्को मारेको बताए । पाकिस्तानको ट्रकमा गरिने चित्रकारिता बंगलादेशको रिक्सा पेन्टिङ्ग विश्वमै परिचित रहेको बताउदै नेपाली व्यवसायिक कलामा पनि यस प्रकारको प्रयोग गर्न सकिने बताए । \"DMB_1444 कार्यक्रममा कलाकार तथा कला लेखक तिर्थ निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए भने कलाकार दिपेन्द्रमान बनेपालीले कार्यपत्र माथी टिप्पणी गरेका थिए । औपचारिक कार्यक्रमपछि कलाकारहरुले कार्यशालामा सहभागिता जनाएका थिए । बुटवलका अग्रज कलाकार मन गोल्डी, चितवनका प्रकाश थापा, विश्व मजकोटी, कृष्णप्रसाद सापकोटा, रसुवाका शशी श्रेष्ठ, काठमाडौका कृष्ण होझा, डि राम पाल्पाली, बिके नरबहादुर, प्राज्ञ नारदमणी हार्तम्छाली, घनबहादुर याख्खा, लालकाजी लामा, रामपुजन ठाकुर, ज्योति प्रकाश, दिपेन्द्रमान बनेपाली, बिके नरबहादुर बिके, प्रमिला परियार, बिनिता इजाम याख्खा, मानबहादुर परियार, कान्छाकाजी भासिमा लगायत ३० जनाले चित्र बनाएका थिए । कार्यशालाबाट सिर्जित कलाकृतिको प्रदर्शनी आगामी ७ गते नेपाल कला परिषद् बबरमहलमा गरिने आयोजकले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending