Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

प्रमुख दलहरुले नै गरे सभामुखको उपेक्षा

\"BICC-Nepal\"काठमाडौं । प्रमुख राजनीतिक दलहरुले नै ब्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीको उपेक्षा गरेका छन् । व्यवस्थापिका–संसदको नियमावली सहमति जुटाउन सभामुख घर्तीले पाँच दिनको अल्टिमेटम दिएकी थिइन् । सभामुखले दिएको अल्टिमेटम आइतबार सकिने भएको छ । तर सभामुखले दिएको अल्टिमेटम भित्र दलहरुले सहमति जुटाउन सकेका छैनन् । सहमति नजुटे पनि दलहरुले सहमतिमै नियमावली बनाउने समझदारी भने कायम गरेका छन् । शनिवार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटमा संसदको नियमावली सहमतिमै बनाउने समझदारी बनेको छ । ओली–देउवा सहमतिपछि आइतबारको ब्यवस्थापिका संसदमा संसदको नियमावली निर्णयार्थ प्रस्तुत नहुने निश्चित भएको छ । दलहरुबीच नियमावलीमा सहमति नजुट्दा सुनुवाई समिति समेत गठन हुन सकेको छैन । संसदीय सुनुवाई समितिको संख्याकै बारेमा सत्तारुढ दल र प्रतिपक्षी दलबीच विवाद कायमै छ । सत्तारुढ दलहरुले संविधान अनुसार १५ सदस्य समिति बनाउने बताउँदै आएका छन् भने प्रतिपक्षी दल कांग्रेसले ७५ सदस्य बनाउने अडान छाडेको छैन । दलहरुबीच सहमति नजुट्दा नौ महिनादेखि नियमावली बन्न सकेको छैन । नियमावलीमा सहमति जुटाउन प्रधानमन्त्री ओलीले देउवासँगको भेटमा पूर्व सभामुख सुवाष नेम्वाङलाई समेत साक्षी किनारा राखेका थिए । संसदीय सुनवाई समिति गठन हुन नसक्दा प्रधानन्यायाधीश, सर्वोच्चका लागि सिफारिस ११ न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, राजदूतको सुनुवाई प्रक्रियासमेत हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE